२०८० जेष्ठ २७ गते शनिवार

निर्धन उत्थान लघुवित्तमा नक्कली सर्टिफिकेट धारीहरूको भागाभाग !

केन्द्रीय कार्यालय मा नै अधिकांश कर्मचारीहरुको नक्कलि प्रमाणपत्र रहेको पुष्टि


नक्कली सर्टिफिकेटकाे आधारमा जागीर खाएको र बढुवा लिएको विषयमा निमायक नेपाल राष्ट्र बैंकले छानबिन सुरु गरेपछि निर्धन उत्थान लघुवित्त संघ लिमिटेडमा नक्कली सर्टिफिकेट धारीहरूको भागाभाग भएको हो। जागीर मा बढुवा हुन जाली सर्टिफिकेट पेश गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेकाे उजुरीका आधारमा राष्ट्र बैंक ले छानबिन सुरु गरेपछि त्यस्ता नक्कली सर्टिफिकेट धारीहरुले धमाधम कम्पनीको जागीर छाड्न थालेका छन्। अख्तियार मा परेकाे उजुरीका आधारमा छानबिन गर्दा आन्तरिक बढुवा का लागी निर्धनका कतिपय कर्मचारीले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको पाइएको थियो। यसरी भारत बाट सर्टिफिकेट ल्याई नेपाल मा समकक्षता नभएका सर्टिफिकेटका आधारमा बढुवा लिएको भन्दै राष्ट्र बैंक ले प्रश्न उठाएपछि जागीर छोड्नेकाे संख्या बढेको छ । निर्धन उत्थान लघुवित्तका एक उच्च अधिकारीले जानकारी दिएको अनुसार आईतबार सम्मका सहायक स्तरका ३७ कर्मचारीले राजीनामा दिई सकेका छन्। ती मध्ये आधा दर्जन कर्मचारीकाे सर्टिफिकेट माथि राष्ट्र बैंक ले प्रश्न गरेको छ। केही सर्टिफिकेट सक्कली जस्ताे भएपनि नेपालमा कुनैपनि विश्व बिद्यालयले समकक्षता नदिएको खालका छन् भने कतिपय त सिधै किनेर ल्याएका सर्टिफिकेट हुन । नेपालको त्रिभुवन विश्व विद्यालयबाट समकक्षता नभएको भन्दै राष्ट्र बैंकले ती सर्टिफिकेटहरु माथि प्रश्न उठाएको थियो। नक्कलि सर्टिफिकेटकाे प्रमाणपत्रका आधारमा जागीर खाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा उजुरी परेपछि अख्तियारले छानबिन गरी जानकारि गराउन भनी राष्ट्र बैंकले मंसीर ०९ गते निर्धन उत्थान लघु वित्तको केन्द्रीय कार्यलय बाट कर्मचारीकाे फाइल नियन्त्रण मा लिई अनुसन्धान गरेको थियो। अनुसन्धान काे क्रम मा राष्ट्र बैंक ले अधिकांश प्रमाण पत्र त्रिभुवन विश्व विद्यालय ले समकक्षता नदिने गरेका विश्वविद्यालयकाे भएको पाइएको छ। राष्ट्र बैंक ले नक्कली सर्टिफीकेट काे बारेमा अध्ययन गरी सो काे प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा पठाइसकेको छ।

अर्थ सरोकार देखि साभार 

प्रकाशित मिति : २०७९ मङ्सिर २९ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?