२०७९ माघ २५ गते बुधवार

विश्वकप फुटबल : फाइनल प्रवेशका लागि मैदान उत्रदै अर्जेन्टिना र क्रोएसिया



कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेलमा उपाधि दाबेदार टोली अर्जेन्टिना र क्रोएसिया आज राती पौने एक बजे भिड्नेछन् ।

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ । यो खेल खेल राति पौंने १ बजे सुरु हुनेछ ।

क्रोएसियालाई पराजित गर्दै छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा अर्जेन्टिना छ । अर्जेन्टिना दुई पटक विश्वकप विजेता हो । साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्ने योजनामा छ ।

अर्जेन्टिना र क्रोएसियाबीच २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार