
पूर्ण सार्की/ जाजरकोट
जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।घाइते जैभान अधिकारीको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
दुर्घटनामा एकै वडाका आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका–३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् ।
त्यस्तै, छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै, छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए ।कर्णाली प्रदेश२००१च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो उन ।