
पुर्ण सार्की जाजरकोट
जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको घटनामै मृत्यु भएको छ । छेडागाड नगरपालिका–४ भीरबाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य तीन जना गम्भीर घाइते भएका र उनीहरूको उद्धार भइरहेको घटनास्थलमा रहेका स्थानीय प्रेम राउतले जानकारी दिए छेडागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जान लागेको कर्णाली प्रदेश ०२–००१च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। घटनास्थलमा प्रहरी पुग्दैछ। घाइतेहरूको स्थानीयले उद्धार गरिरहेका छन्।९ जनाको लास बाटोमा राखिएको छ भने, तीन जना गम्भीर घाइते छन्। कोही लास भीरमा अड्किएकाे अवस्थामा उद्धार चलिरहेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार