२०८० असोज ७ गते आइतवार

डाेल्पामा बार्षिक परीक्षा सुरु !



रामचन्द्र न्याैपाने। डाेल्पा २५ मंसिर : हिमाली जिल्ला डाेल्पामा विद्यालयस्तरीय बार्षिक परीक्षा सुरु भएको छ ।
जिल्लाका आठ स्थानीय तह मध्ये त्रिपुरासुन्दरी नगरपालिकाले मात्रै विद्यालयस्तरीय बार्षिक परीक्षा
सुरु गरेकाे हाे ।
नगरपालिका भित्र पर्ने ३१ वटै विद्यालयमा आजदेखि बार्षिक परीक्षा सुरु भएकाे नगर शिक्षा शाखा प्रमुख भिम बहादुर थापाले जानकारी दिए ।
चिसाेका कारण अब बार्षिक परीक्षा सम्पन्न भए लगत्तै दुई महिनाकालागि बिद्यालय बन्द हुने र फागुनमा खुल्ने उनले बताए ।
ठुलिभेरी नगरपालिकाले भने पढाइ पूरा नभएको भन्दै चैत्रमामात्र बार्षिक परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
त्यसैगरी तल्लो डाेल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकाले पनि बैशाखमामात्र बार्षिक परीक्षा सञ्चालन गर्ने जनाएकाछन् ।
जिल्लाकाे काइके गाउँपालिकामा पनि बार्षिक परीक्षा सञ्चालन भएको छैन् ।
उपल्लो डाेल्पामा पर्ने शे-फाेक्सुन्डाे,डाेल्पाेबुद्व र छार्काताङ्साे गाउँपालिकाले भने यसअघिनै बार्षिक
परीक्षा सम्पन्न गरेर शिक्षक बिद्यार्थीलाई बिदा गरिसकेका छन ।
अत्याधिक चिसो र हिमपातका कारण उपल्लो डाेल्पाका बिद्यालयहरुमा बैशाख देखि मंसिरसम्ममात्र सञ्चालन हुन्छन् भने अन्य समय बन्दहुने गर्दछन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?