२०८० असोज ९ गते मङ्गलवार

डाेल्पामा महिला हिंसा विरुद्धको अभियान: प्रत्येक बर्ष नारामै सिमित !



पुर्ण सार्की,
डाेल्पा २४ मंसिर :हिमाली जिल्ला डाेल्पामा महिला हिंसाको अवस्था नारामै सिमित भएको बताइएको छ ।
ठुलिभेरी नगरपालिकाकाे कार्यालय जुफालमा शनिवार आयाेजित महिला हिंसा विरुद्धको १६ दिने अभियानकाे समापन कार्यक्रममा सराेकारवाला व्यक्तिले यस्तो बताएकाहुन् ।
सभ्य समाजको निर्माण,लैगिंक हिंसा विरुद्धको अभियान भन्ने नाराको साथ महिला यहिँ नाै गते देखि अभियान सुरु गरिएको थियाे ।
समापन कार्यक्रममा अधिकांशले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान नारामा मात्रै सीमित रहेको बताएका छन।
डोल्पाका ग्रामीण गाउँबस्तीमा अहिले पनि ८० प्रतिशत बाल विवाह हुने गरेकाे पत्रकार टेक बहादुर शाहीले बताए ।
अशिक्षा र गरिवीका कारण बाल बिवाह धेरै हुनेभएपनि यसमा मुख्य दाेसी अभिभावकनै हुने गरेकाे उनकाे भनाइ छ ।
कलिलै उमेरमा किसाेर किसाेरीका हातमा माेवाई पर्नुले पनि बाल बिवाहा,महिला हिंसा लगायतका घटना बड्दै गएकाे उनले बताए ।
अर्का वरिष्ठ पत्रकार विष्णुप्रसाद देबकाेटाले महिला हिंसा विरुद्धको १६ दिने अभियान हरेक बर्ष नारामै सिमितहुने गरेकाे टिप्पणी गरे ।
विभिन्न संघ संस्थाले गर्ने महिला हिंसा विरुद्वका कार्यक्रम प्रभावकारी नहुँदा जिल्लाका विकट गाउँ बस्तीमा महिला हिंसाका घटनाहरु बढ्दै आदर्श माध्यामिक विद्यालय जुफालका प्रधानाध्यापकबालकृष्ण डाँगीले बताए ।
गाउँघरमा जनप्रतिनिधि,राजनितीक दलका नेता,जानमान, प्रहरी प्रशासनलेनै यस्ता घटनाहरु लुकाउन खाेज्ने र मिलापत्र गराउने पाइएको उनले बताए ।
त्यसैगरि वडा नं ९ का अध्यक्ष सुवास कठायतले बाल बिवाहाका घटना न्युनिकरण गर्न नितिगत सुधारकाे आवश्यक रहेकाे बताए ।
यसका सन्धर्वमा स्थानीय सरकारले छुट्टै नीति बनाएर महिला हिंसा र बाल बिवाहका क्षेत्रमा कामगर्नुपर्ने उनले बताए ।
त्यसैगरि वडा नं ८ का अध्यक्ष मनराम ठकुल्लाले नगर विद्यालयमा पनि महिला हिंसा विरुद्धमा सडक नाटक,वक्तित्वकला लगायतका विभित्र किसिमका कार्यक्रम गर्नुपर्ने बताए ।
कार्यक्रमका सभाध्यक्ष तता महिला सशक्तीकरण डाेल्पाका कार्यवाहक अध्यक्ष पासाङ रानाले देशभरि बडिरहेकाे महिला हिंसा र बाल बिवाहकाे ग्राफलाई हेर्दा १६ दिने अभियानकाे प्रभावकारीता नभएको बताइन् ।
हरेक बर्ष १६ दिनकाे अभियानमामात्र नभई अघिपछि पनि अभियान चलाइनु पर्ने उनकाे भनाइ छ ।
त्यस्तै महिला सशक्तीकरण डाेल्पाका सहजकर्ता रणबहादुर कार्कीले सबै सराेकारवालाकाे प्रयासबाटमात्रै समाजमा जराे गाडेर बसेका महिला हिंसा,बाल बिवाहलाई न्युनिकरण गर्न सकिने बताए ।
देशव्यापी रुपमा रहेकाे यस किसिमको बिकृति एकल प्रयासले केही गर्न नसकिने उनकाे भनाई छ ।
कार्यक्रममा ठुलिभेरी नगरपालिकाका उप प्रमुख छिरिङ टाेल्मा महत,शिक्षा प्रमुख कमल बुढा,कार्यक्रम अधिकृत दन्ता न्याैपाने,सामाजिक अभियान्ता याेगेन्द्र बुढा लगायतको उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?