२०८० मङ्सिर १३ गते बुधवार

आदर्श मावि जुफालकाे प्रअमा छात्रा पूर्णिमा बूढा !



पूर्ण सार्की

डाेल्पा २४ मंसिर ।‎

डोल्पाको ठुलिभेरी नगरपालिकामा रहेको आदर्श माध्यामिक विधालयमा कक्षा १० मा अध्ययनरत छात्रा पूर्णिमा बुढा एक दिने बिद्यालय प्रधानाध्यापक बन्नुभएको छ ।

सभ्य समाजको निर्माण, लैगिंक हिँसा विरुद्धको अभियान, भन्ने नाराको साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान गल्स् टेक ओभर( Girls Take over )अन्तर्गत कक्षा १० मा पढ्ने छात्रा पूर्णिमा बुढा लाई विद्यालय प्र.अ काे एक दिने जिम्मेवारी दिइएको हो ।

स्याक नेपाल डोल्पाको आयोजनामा प्लान इन्टरनेश्नल नेपालको सहयोगमा आयोजित एक कार्यक्रममा आदर्श विद्यालयका प्रअ बालकृष्ण डाँगी ले सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा पूर्णिमा बूढा लाई आफ्नो कार्यकक्षको कुर्सि सहित सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।

गुणस्तरीय शिक्षाको लागि ठूली भेरी नगरपालिकाले शिक्षा क्षेत्रलाई प्रथामिकताका साथ काम गरिरहेको ठूली भेरी नगरपालिका का शिक्षा शाखा प्रमुख कमल बूढाले बताउनुभयो ।

साना बालिका एक दिन भएपनि बिद्यालय काे प्र. अ हुदा यसले छात्राहरुमा मनोवल बढ्ने र यो उदाहरणिय काम भएको भन्दै गर्भ लागेको उहाँले बताउनुभयो ।

यस्तै आदर्श मावि मा पहिलाकाे भन्दा अहीले धेरै सुधार भएको र विधालयमा गुणस्तरीय शिक्षा संचालन गर्नको लागि नगरपालिका , विव्यस र अन्य निकायहरु सँग नियमित छलफलका कार्यहरु भैरहेको आदर्श मावि जुफालका प्रअ बालकृष्ण डाँगी ले वताउनुभयाे।

स्याक नेपालको आयोजना तथा प्लान इन्टरनेश्नल नेपालको सहयोगमा जिल्ला भित्रका विभिन्न सामुदायिक विधालयहरुमा शैक्षिक गतिविधिहरु हुदै आईरहेको स्याक नेपालका फिल्ड अफिसर जुनु हिराचनले जानकारी दिनुभयाे ।

कार्यलय ले सामुदायिक विधालयहरुमा शैक्षिक सामाग्री वितरण देखि,विभिन्न संरचना निर्माण गर्नुको साथै शिक्षक अभिभावक,विव्यसलाई विभिन्न शैक्षिक अभिमुखिकरण दिने काम भैरहेको पनि उहाँले बताउनुभयाे ।

­एक दिने विद्यालय काे प्रअ बन्नुभएको पूर्णिमा बुढा ले विधालयकाे अवस्था, आवश्यकता र बाँकी देखिएका समस्या समाधानका लागि माग सहितको ज्ञापनपत्र प्रअ डाँगी समक्ष बुझाउनु भएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?