२०८० असोज ७ गते आइतवार

डाेल्पामा भु-तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना !



रामचन्द्र न्याैपाने
डाेल्पा २४ मंसिर,
हिमाली जिल्ला डाेल्पामा भु-तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भएको छ ।
यसखघि कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा रहेकाे उक्त कार्यालय सदरमुकाम दुनैमा शनिबार स्थापना भएको हाे ।
अहिले सम्पर्क कार्यालयकाे रुपमा खाेलिएकाले याेजनाकाे सम्झौता,अनुगमन, निवेदन संकलन लगायतका कामहुने कार्यालय प्रमुख हिमालय साउदले जानकारी दिए ।
यस कार्यालयबाट भुक्षय नियन्त्रण,पानीका मुहान संरक्षण, तटबन्ध,पहिराे राेकथाम लगायतका कामहुने उनले बताए ।
याेजनाकाे अन्तिम भुक्तानीकालागि जुम्लानै जानुपर्ने भएपनि निकट भविष्यमा भुक्तानी पनि जिल्लाबाटैहुने साउदकाे भनाई छ ।अहिले कार्यालय प्रमुख सहित दुईजना कर्मचारी रहने बताइएको छ ।
कर्णालीका डाेल्पा,हुम्ला र रुकुम पश्चिममा कार्यालय स्थापना गर्ने मन्त्रालयले यसअघि नै निर्णय गरिएकाे उद्योग कर्णाली सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिरबहादुर शाहीले बताए ।
संघियताकाे मर्म भावना  अनुसार  जनताले घर आँगनबाटै याेजना सम्झौता,भुक्तानी लगायतका सेवा सुविधा पाउनुपर्छ भन्ने ध्यय अनुसार तीन जिल्लामा कार्यालय खाेल्ने निर्णय गरेको उनले बताए ।
अब बस्ने मन्त्री परिषद्काे निर्णयबाट भुक्तानीसम्मकाे काम जिल्ला कार्यालयबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउने उनले बताए ।

 

 

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?