२०८० असोज ९ गते मङ्गलवार

विश्वकप फुटबल : अर्जेन्टिना सेमिफाइनलमा



अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्समाथि कठिन जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले अर्जेन्टिनाले बाजी मार्यो ।

 

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

 

पेनाल्टीमा अर्जेन्टिनाले बाजी मार्यो । अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे । एन्जो फर्नान्डेज पेनाल्टीमा गोल गर्न चुके ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?