२०८० चैत्र १६ गते शुक्रवार

निर्माणकार्य सकिएको वर्षौ बित्दा पनि सञ्चालनमा आउन सकेन मसिनेचौर विमानस्थल,



मङ्सिर 23

पुर्ण सार्की डोल्पा।

डोल्पा जिल्ला काे दोस्रो विमानस्थल रुपमा रहेको पहाडा स्थित मसिनेचौर विमानस्थल निर्माण कार्य सम्पन्न भएको वर्षौ बित्न लाग्दा समेत संचालन मा आउन सकेको छैन। २०६९ सालमा नियमित १ वर्ष सञ्चालन मा आएको मसिने चौर पहाडा विमानस्थल अहिले बन्द अबस्था मा छ। १ वर्ष नियमित सञ्चालन मा आएको विमानस्थलमा धावन मार्ग कालोपत्रे नभएको भन्दै निजी विमान कम्पनी हरुले हवाई उडान बन्द गरेका थिए ।। बन्द भएको केही वर्ष मा डोल्पा

बाट नव:निर्वाचित प्रतिनिधि सभा संसद धनबहादुर बुढा काे निर्माण कम्पनी ले युक्त विमानस्थल कालोपत्रे काे ठेक्का पाएको थियो। उक्त निर्माण कम्पनी ले धावनमार्ग कालोपत्रे गर्ने काम त सक्यो तर विमानस्थल भने सञ्चालन मा आउन सकेन।। धावनमार्ग कालोपत्रे भएको वर्षौ बित्दा पनि नियमित उडान त के परीक्षण उडान समेत हुन सकेको छैन। दशैं मा परीक्षण उडान राख्ने योजना राखेको नागरिक उड्ययन प्राधिकरण डोल्पाले परिक्षण उडान काे विषयमा अहिले सम्म केही जानकारी नभएको मसिनेचौर पहाडा विमानस्थल का सुपरभाइजर टेक बहादुर विष्ट ले जानकारी दिनु भयो। विमानस्थल सञ्चालन मा नआउँदा सुरक्षा मा भने चुनौती देखिएको छ । विगत 9 वर्ष देखि विमान स्थल काे सुरक्षा भने नेपाल प्रहरीको अस्थायी बिमानस्थल सुरक्षा गार्ड पहाडाले गरीरहेको छ। बिमानस्थल कहिले सञ्चालन मा आउला भन्ने कुरा अहिले धेरैको चासो बिषय बनेको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?