
पूर्ण सार्की /23 मंसिर, डोल्पा ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका मा रहेकाे त्रिपुरा माध्यामिक विधालय की कक्षा १० मा अध्ययनरत छात्रा बन्दना सार्की एक दिने नगरपालिका प्रमुख बन्नुभएको छ । सभ्य समाजको निर्माण ः लैगिंक हिँसा विरुद्धको अभियान, भन्ने नाराको साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान गल्स् टेक ओभर अन्तरगत कक्षा १० मा पढ्ने छात्रा वन्दना सार्की लाई नगर प्रमुखको एक दिने जिम्मेवारी दिइएको हो ।
स्याक नेपाल डोल्पाको आयोजनामा पलान ईन्टरनेश्नल नेपालको सहयोगमा आयोजित एक कार्यक्रम मा नगरपालिका प्रमुख जुन चन्द्र रोकाया ले त्रिपुरा माध्यामिक विधालय त्रिपुराकोट डोल्पामा अध्ययनरत छात्रा वन्दना सार्की लाई आफ्नो कार्यकक्षको कुर्सि सहित सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।
गुणस्तरीय शिक्षाको लागि नगरपालिका ले शिक्षा क्षेत्रलाई प्रथामिकताका साथ काम गरिरहेको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख जुनचन्द्र रोकायले बताउनु भयो । साना बालिका एक दिन भएपनि नगर प्रमुख हुदा यसले छात्राहरुमा मनोवल बढ्ने र यो उदाहरणिय काम भएको भन्दै गर्भ लागेको प्रमुख रोकाया ले बताउनु भयो । प्रमुख रोकाया ले आगामी दिनमा पालिकाले शिक्षा क्षेत्रमा विशेष प्रथामिकताको साथ जोड दिन बथाउनुभएको छ ।
यस्तै सामुदायिक विधालयमा गुणस्तीय शिक्षा संचालन गर्नको लागि प्रअहरुलाई नियमीत वैठक शिक्षकलाई तालिम दिने जस्ता कार्यहरु भैरहेको शिक्ष शाखा प्रमुख भीम बहादुर थापा ले बताउनु भयो ।
स्याक नेपालको आयोजना तथा प्लान इन्टरनेश्नल नेपालको सहयोगमा त्रिपुरा सुन्दरी नगरपालिका भित्रका विभिन्न 16 वटा सामुदायिक विधालयहरुमा शैक्षिक गतिविधिहरु हुदै आईरहेको स्याक नेपाल डोल्पाको कार्यक्रम संयोजक शशी कला पाण्डे ले जानकारी दिनुभयो । उहाँले सामुदायिक विधालयहरुमा शैक्षिक सामाग्री वितरण निर्माण गर्नुको साथै शिक्षक अभिभावक,विव्यसलाई विभिन्न शैक्षिक अभिमुखिकरण दिने काम भैरहेको संयोजक पाण्डेले बताउनु भयो ।
एक दिने शिक्षा नगरपालिका प्रमुख बन्नुभएको वन्दना सार्की ले सामुदायिक विधालयहरुमा अवस्था आवश्यकता र समस्या समाधानका लागि माग सहितको निवेदन त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका प्रमुख जुनचन्द्र रोकाया बुझाउनु भएको छ ।
यस्तै स्याक र प्लान संग सहकार्य गरेर शैक्षिक क्रियाकलापमा गर्न त्रिपुरासुन्दरी नगरपालिका सधै तयार रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल ले बताउनु भयो । उहाँले पालिका भित्र गुणस्तरिय शिक्षाको लागि सवै संग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न व्यक्तीत्वहरुको सहभागीता रहेको थियो ।