२०८१ बैशाख ८ गते शनिवार

चुनावी बाचा पुरागर्दै बुढाः जोखिम क्षेत्र अध्ययन गर्न हेलिकप्टरमा पठाए विभागीय टाेली !



रामचन्द्र न्यौपाने
डोल्पा १३ मंसिर : हिमाली जिल्ला डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढाले चुनाव सकिएको एकसाता नवित्दै चुनावी बाचा पुरा गर्न थालेकाछन् ।
चुनावी अभियानका क्रममा जनतासँग काम गर्ने बाचा गरेका जिल्लाका तीन जोखिमयुक्त क्षेत्रको सम्भाव्यता अध्ययन गर्न काठमाण्डौबाट जलस्रोत तथा सिँचाइ विभागको टोली पठाएकाछन् ।
उप महानिर्देशक सञ्जिव बरालसहितको पाँच जनाको टोलीलाई आफ्नै हेलिकप्टरमा डोल्पा पु¥याएर त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने दलित बस्ती,त्रिपुराकोट बजार क्षेत्र र सदरमुकाम दुनैको सम्भाव्यता अध्ययन गराएकाहुन् ।
डोल्पामा चार दिन बसेर दुनै र त्रिपुराकोटको सम्भाव्यता अध्ययन गरिएको जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजन इन्जिनियर मुकेश पाठकले जानकारी दिए ।
अध्ययन गरिएका क्षेत्रहरु साँच्चिकै बाढी र पहिरोको जोखिममा रहेकाले सोही अनुसार विभागमा रिर्पोटिङ गर्ने समेत पाठकले बताए ।
आफहरुले अध्ययनमात्र गर्ने भएकाले बजेट कहाँबाट कसरी बजेट व्यवस्थापन गर्ने दायित्व जनप्रतिनिधिकैहुने उनको भनाइ छ ।
यि क्षेत्रहरु बढी र पहिराको उच्च जोखिममा रहेकाले पछिहुने धनजनको क्षतिलाइ न्युनिकरणगर्न अहिलेनै आफ्नै हेलिकप्टरमा सिँचाइ विभागको टोलि पठाएर अध्ययनगर्न लगाएको सांसद बुढाले बताए ।
“चुनावका दौरानमा गाउँगाउँ पुग्दा जनताले माग राखेका थिए,अहिले तिनै काममा लागेको छु,त्रिपुराकोट दलित बस्ती र बगर बजार अत्यन्तै जोखिममा छ,अहिले सम्भाव्यता अध्ययन गरिएको छ,लगत्तै बजेट व्यवस्थापनकालागि पहल गर्छु बुढाले”भने ।
“दुनै बचाउ अभियानले जसरी दुनै बजार सुरक्षित भएको छ ,त्यसैगरि त्रिपुराकोट बजार र दलित बस्ती जोगाउनकालागि विशेष पहल चाल्छु ।”
डोल्पाली जतनाले तेस्रोकार्यकलसम्म अत्याधिक मत दिएर जितएकाले अब हरेक जनताका समस्या संसदमा उठाएर समाधानकालागि पहल गर्ने बताए ।
अब आफ्नो पहिलो काम भेरि करिडोर स्तरउन्नती गर्ने भएकाले कालोपत्रे र बिचबिचमा पक्कीपुल निर्माणकालागि पहल भइरहेको उनले बताए ।
भेरी करिडोर स्तरउन्नतीकालागि यसैबर्ष कार्यन्वयनहुने गरि तीन अर्व बजेटको स्रोत सुन्श्चित भएर पनि टेण्डरको प्रक्रियामा गइसकेको सांसद बुढाले बताए ।

.

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?