२०८० चैत्र ६ गते मङ्गलवार

चुनाव गराउन उपल्लो डाेल्पा गएका कर्मचारी उतै अलपत्र !



रामचन्द्र न्याैपाने,
डाेल्पा ७ मंसिर :हिमाली जिल्ला डाेल्पाकाे उत्तरी क्षेत्रमा पर्ने उपल्लो डाेल्पामा चुनाव गराउन खटिएका कर्मचारीहरु मतदान केन्द्रमै अलपत्र परेकाछन् ।
उपल्लो डाेल्पाका २२ मध्ये १२ मतदान केन्द्रमा खटिएका करिब एकसय जना कर्मचारीहरु मतदान केन्द्रमै अलपत्र परेकाहुन् ।
पटकपटक उपल्लो पुगेकाे सेनाकाे हेलिकप्टरले मतदान अधिकृत सहित मतपेटिकामात्र ल्याएपछि सहायक मतदान अधिकृत सहित अन्य कर्मचारी,म्यादी,नेपाल प्रहरी माथिनै अलपत्र परेकाहुन् ।
उपल्लो डाेल्पाका शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मध्ये १२ मतदान केन्द्रका एकसय कर्मचारी अलपत्र परेको शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मावाङ्छेन गुरुङले बताउनुभयो ।
अलपत्र कर्मचारी चिसाेले कतिपय बिरामी परेर स्वास्थ्य अवस्था बिग्रदै गएको सहिद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहराले बताए ।
चुनाव सकिएकाे चार दिन वितिसक्दा पनि लैजानकाेलागि हेलिकप्टर नआउँदा डाेल्पाे बुद्ध गाउँपालिकाकाे तीन्जेमा बीस जना भन्दा धेरै कर्मचारी अलपत्र परेकाे कर्मचारी तिलु बुढाले बताइन् ।
हिँडेर जाउँ सदरमुकाम पुग्न हप्ता दिन लाग्छ,पाँचहजार मीटर भन्दा अग्ला हिँउले भरिएका हिमाल उक्लेर जानुपर्छ,यतैबसाै भने खर्चपर्च सबै सकिएको छ,पैसा भएपनि खान पाईदैन रुदै बुढाले भनिन् ।
आफुसँग भएका कतिपय साथीहरू बिरामी छन्,खाने आैषधी छैन,स्वास्थ्य अवस्था नाजुक छ,छिटोभन्दा छिटो उद्वार गरिदिन अनुराेध छ ।
सिडियाे सापले हेलिकप्टर पठाउने भनेपनि अझै नआएको उनले बताइन ।
निर्वाचन कार्यालयले हेलिकप्टरमा लिएर मतदान केन्द्रमा छाेड्याे,तर ल्याउन आएन,अलपत्र परेका छाै,न फाेन लाग्छ,न नेट चल्छ अर्का कर्मचारी सुजाता बुढाले बताइन ।
हिँडेर सदरमुकाम पुग्न हिउँ पहिराेले पुुरिने डर भएकाे उनकाे भनाई छ ।
यता प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले निर्वाचन उपल्लो डोल्पामै रहेका कर्मचारीलाई हेलिकोप्टरमार्फत् सदरमुकाम ल्याउनका लागि निर्वाचन आयोगसँग अनुरोध गरेर चिठी पठाएको जानकारी दिए ।

 

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?