२०८० चैत्र ६ गते मङ्गलवार

डाेल्पामा निर्वाचन सकिएको चार दिनपछि सबै मतपेटिका सदरमुकाम झारियाे !



रामचन्द्र न्याैपाने
डाेल्पा ७ मंसिर : हिमाली जिल्ला डाेल्पामा निर्वाचन सम्पन्न भएको ४ दिनपछिमात्र सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुर्‍याईएकाे छ ।
बुधबार शे-फाेक्सुन्डाे गाउँपालिकाका पाँच मतदानकेन्द्रका मतपेटिका हेलिकप्टरबाट सदरमुकाम दुनै झारेसँगै ६८ वटै मतदान केन्द्रका मतपेटिका आइपुगेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय डाेल्पाले जनाएको छ ।
कर्णाली प्रदेशका अन्य जिल्लामा मतपेटिका संकलन गरेर पनि अन्तिम मतपरिणाम आइसक्दा डाेल्पामा ढिलागरिमात्र मतपेटिका झारिएकाे हाे ।
भाैगाेलिक कठिनाइले हेलिकप्टरकाे भरपर्नुपर्ने बाध्यताले पनि मतपेटिका संकलनमा केही ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।
मतगणनास्थल तयारी अवस्थामा रहेको सर्वदलीय बैठककाे तयारी भइरहेकाले आजसाझसम्म मतगणना सुरुहुने उनले बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?