२०८० चैत्र ६ गते मङ्गलवार

मतगणनाहुने दिन कुर्दै डाेल्पाली,उपल्लो डाेल्पाका मतपेटिका अझै झरेनन !



रामचन्द्र न्यौपाने,
डोल्पा ६ मंसिर : हिमाली जिल्ला डाेल्पाका सर्वसाधारणले मतगणनाहुनृ दिन कुदै दिन बितेको बताएकाछन् ।
निर्वाचन सम्पन्न भएकाे दुई दिन वितिसक्दा पनि मतपेटिका नझरेपछि मतगणनाहुने दिन गन्दै बसेकाे ठुलिभेरी नगरपालिकाका स्थानीय रेखामान बुढाले बताए ।
शे- फाेक्सुन्डाे गाउँपालिकाका पाँचवटा मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम झारिएकाे छैन् ।
मंगलबार हेलिकप्टरबाट उपल्लो डाेल्पाका २२ वटै मतदान केन्द्रका मतपेटिका झार्ने भनिएपनि डाेल्पाेबुद्व र छार्काताङ्साेङ् गाउँपालिका मतपेटिका झार्दै हेलिकप्टरमालाग्ने तेल सकिएपछि तेलहाल्न हेलिकप्टर सुर्खेत फर्किएकाे प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए ।
बुधबार विहानै हेलिकप्टर आउने र बाँकी पाँच मतदान केन्द्रका मतपेटिका झारिने उनले बताए ।
६३ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
भाेलि साझदेखिमात्र मतगणना सुरुहुने बताइएको छ ।

 

 

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?