२०८० चैत्र ६ गते मङ्गलवार

डाेल्पाका आठ मध्ये दुई पालिकाकाे मतपेटिकामात्र सदरमुकाममा



डाेल्पा ५ मंसिर :हिमाली जिल्ला डाेल्पाका आठवटा स्थानीय तह मध्ये दुईवटा स्थानीय तहकाे मतपेटिकामात्र सदरमुकाम पुगेकाे छ ।
जिल्लाकाे ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिकामात्र सदरमुकाम पुर्याइएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
सदरमुकाम देखि एक दिन लाग्ने तल्लो डाेल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका मतपेटिका आज दिउसाेसम्ममात्र सदरमुकाम पुग्ने बताइएको छ ।
उपल्लो डाेल्पाका छार्काताङ्साेङ,डाेल्पाेबुद्व र शे-फाेक्सुन्डाे गाउँपालिकाका मतपेटिका पनि निर्वाचनस्थलमै रहेकाछन् ।
भाैगाेलिक रुपमा विकट भएकाले तीनवटै स्थानीय तहका मतपेटिकाहरु सेनाकाे हेलिकप्टरबाट ल्याइने मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।
त्यसैगरि काइके गाउँपालिकाकाे मतपेटिकाहरु पनि दिउसोमात्र सदरमुकाम पुग्ने उनले बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?