
डाेल्पा ५ मंसिर : डाेल्पाकाे उत्तरी क्षेत्रमा पर्ने उपल्लो डाेल्पाका २२ मतदान केन्द्रका मतपेटिकाहरु हेलिकप्टरबाट झार्ने तयारी गरिएको छ ।
उपल्लो डाेल्पाबाट बाेकाएर मतपेटिका ल्याउन चार दिन देखि एकसातासम्म लाग्ने भएकाले हेलिकप्टबाटर झार्ने तयारि गरिएको प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए ।
आज साझसम्म उपल्लो डाेल्पाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम आइपुग्ने उनले बताए ।
जिल्लाकाे ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटि का हिजाे रातिनै आइपुगेको र अन्य स्थानीय तहका मतपेटिका दिउँसोसम्म आइपुग्ने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार