२०८० चैत्र ६ गते मङ्गलवार

डोल्पामा निर्वाचन : कतै झडप,कतै शान्तिपुर्ण,६६ प्रतिशत मत खस्यो !



रामचन्द्र न्यौपाने
डोल्पा ४ मंसिर,
हिमाली जिल्ला डोल्पामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन्न शान्तिपुर्ण हिसावमा सम्पन्न भएको छ ।
जिल्लाका ६८ वटै मतदान केन्द्रमा स्वच्छ,मर्यादित,भयरहित र शान्तिपुर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।
सेना र प्रहरीले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार डोल्पामा ६६ प्रतिशत मत खसेको उनको बताए ।
सञ्चारको समस्याले गर्दा उपल्लो डोल्पाका केही मतदान केन्द्रहरुमा मतदान सम्पन्न भएपनि पुर्ण सम्पर्कमा नआएको उनको भनाई छ ।
चिसोको कारण जिल्लाका कतिपय मतदान केन्द्रहरुमा समयमै मतदान सुरुहुन नसक्दा पनि केही ढिलाइ भएको उनले बताए ।
अहिले विभिन्न ठाउँबाट आएका मतपेटिकाहरु भण्डारण गर्ने काम पनि भइरहेको उनको भनाइ छ ।
मतपेतिका ढुवानी सुरु
सदरमुकाम नजिकै पर्ने मतदान केन्द्रहरुबाट मतपेटिका आउन सुरु भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
जिल्लाका आठ स्थानीय तहमध्ये त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका मतपेटिकाहरु सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए ।
तल्लो डोल्पाका जगदुल्ला,मुड्केचुला गाउँपालिकाका भोलि दिउसोमात्र सदरमुकाम पुग्ने उनले बताए ।
उपल्लो डोल्पाका हेलिकप्टरबाट झार्ने
उपल्लो डोल्पाका शे फोक्सुण्डो,डोल्पोबुद्ध र छार्काताङसोङ् गाउँपालिकाका मतपेटिकाहरु भोलि विहानै देखि हेलिकप्टरबाट सदरमुकाम झार्ने तयारी भइरहेको समेत प्रजिअ अधिकारीले बताए ।
उपल्लो डोल्पाका मतदान केन्द्रबाट बोकाएर मतपेटिका ओर्सान सम्भव नभएकाले मतपेटिका ओसार्न सेनाको हेलिकप्टरको व्यवस्था गरिएको उनको भनाइ छ ।
सदरमुका दुनैबाट एक दिनलाग्ने काइके गाउँपालिकाका मतपेटिहरु पनि भोलि विहानमात्रै सदरमुकाम ल्याइने बताइएको छ ।
केही स्थानमा झडप
शान्तिपुर्ण मतदान गर्ने क्रममा जिल्लाका केही मतदान केन्द्र झडप भएको थियो ।
जिल्लाका ठुलिभेरी नगरपालिका वडा नं ९ मा पर्ने गौरी आधारभुत विद्यालय मतदान केन्द्रमा गठबन्धन र एमालेबिच झडप भएको थियो ।
वारिसे मतको बिषयलाइ लिएर भएको झडप शान्त बनाउन प्रहरीले चार राउण्ड हवाइफायर समेत गरेको थियो ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ मा पर्ने मष्टा आधारभुत बिद्यालय ल्हा मतदान केन्द्रमा विबाद भएको थियो ।
यस मतदान केन्द्रमा पनि वारेसे बिषयलाइ लिएर गठबन्धन र एमाले बिच बिवादहुँदा केही समय मतदान समेत स्थगित भएको थियो ।
जगदुल्ला गाउँपालिका वडा नं ४ मा पर्ने मुनामदन आधारभुत बिद्यालय छाँचुमा समेत गठबन्धन र एमाले बिच झडप समेत भएको थियो ।
काइके गाउँपालिका वडा नं २ मा पनि वारेसे मत हाल्ने बिषयलाइ लिएर गठबन्धन र एमालेकाका प्रतिनिधिबिच केही समय विवाद भएको थियो ।
विबादका कारण केही समय मतदान स्थगित भएर पुन सञ्चालन भएको थियो ।
यस पटकको मतदान केन्द्रमा मतदाताको उपस्थितिलाइ हेर्ने हो भने मतदाता खासै उत्साहित नदेखिएको त्रिपुरासुन्दरीका स्थानीय गौरीशंकर उपाध्यायले बताए ।
डोल्पाका कुल २२ हजार ७ सय ७४ मतदाता रहेकाछन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?