२०८० असोज ९ गते मङ्गलवार

पर्यटकिय गन्तव्य बन्दै डोल्पा,पुगे २५ सय पर्यटक !



रामचन्द्र न्यौपाने,
डोल्पा २८ कार्तिक/ हिमाली जिल्ला डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
पाँच बर्ष अघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक बर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या पनि बड्दै गएको हो ।
डोल्पामामात्रै दर्जनौ पर्यटकिय आकर्षणहरु रहेकाछन् । निलो हिराको रुपमा परिचित नेपालकै गहिरो फोक्सुण्डो ताल,प्रशिद्ध त्रिपुरासुन्दरी मन्दिर,शे–गुम्बा,धो उपत्यका,छार्काभोट, जगदुल्ला ताल प्रमुख पर्यटकिय गन्तव्यहुन् ।
साउन यतामात्रै २ हजार ४ सय ९२ जना पर्यटकले फोक्सुण्डो तालको अवलोकन गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए ।
गत असोजमा परेका बर्षातका कारण दर्जन धेरै ठाउँमा पहिरो खसेर भेरी करिडोर करिब दुइसाता अवरुद्धहुँदा अघिल्लो बर्ष भन्दा करिब पाँचसय पर्यटक घटेको उनले बताए ।
“अघिल्लो बर्ष तीन हजार पर्यटकले फोक्सुण्डो घुमे,यो बर्ष पाँचसय घटे,सजिलो र स्तरीय सडक सुविधा,सञ्चार र होटेलहरुको राम्रो सुविधाहुने हो भने पर्यटकको ओइरो लाग्छ ।”
डोल्पा धार्मिक साँस्कृतिक र पर्यटकिय सौन्दर्यताका हिसाबले धेरै अगाडी रहेकाले धेरै मान्छेहरुले डोल्पा घुम्ने चाहाना राख्ने गरेको उनको भनाइ छ ।
निकुञ्जले पर्यटककालागि सुचनामुलक होर्डिङ बोर्डहरु राखेको छ,सुलिगार्ड फोक्सुण्डो बिचमा बिश्राम स्थलहरु निर्माण गरेका छ,ठाउँ ठाउँमा शौचालयहरु बनाएको छ,पर्यटकहरु घुमाउन पर्यटक पथ प्रदर्शक तालिम दिएका छ,होटेलहरुलाइ क्षमता अभिबृद्धी तालिमहरु दिएका छ”संरक्षण अघिकृत भण्डारीले थपे ।
सडक पुर्वाधारको समस्या
डोल्पा घुम्नकालागि सडक पुर्वाधारको राम्रो सुविधा नहुना चाहान भएरपनि आउन नसकिने आन्तरिक पर्यटकहरुले बताएकाछन् ।
जाजरकोट देखि दुनैसम्म पर्ने १ सय १८ किलोमीटर लामो भेरिकरीडोरको स्तरउन्नती नहुदा ज्यान जोखिममा पारेर यात्रा गर्नुपर्ने सुर्खेतबाट डोल्पा घुम्न आएका पर्वत खत्रीले बताए ।
साँघुरो कच्ची बाटो,पुराना थोत्रा जीप,दर्जनौ गाडी परिवर्तन गर्नुपर्ने,महंगो भाडादर भेरिकरीडोरको विशेषता पाएको उनले गुनासो गरे ।
डोल्पा अत्यन्तै सुन्दर भएकाले सडक पुर्वाधारकोमात्र राम्रो सुविधा भए प्रत्येक बर्ष आन्तरिक पर्यटकको ओइरो लाग्ने खत्रीको भनाइ छ ।
जहाज भन्दा मोटरसाइकलमा आउने धेरै
डोल्पासम्म पुग्ने अर्को माध्याम हवाइजहाज पनि हो ।नेपालगञ्ज र सुर्खेत देखि आधा घण्टाको यात्रामै डोल्पा पुग्न सकिन्छ ।
त्यतिमात्र नभइ राजधानी काठमाण्डौबाट पनि एक घण्टाको यात्रामा सिधै डोल्पा पुग्न सकिन्छ ।
तर,डोल्पासम्म सडक खुलेसँगै अधिकासं पर्यटकहरु मोटरसाइकलमा आउने गरेकाछन् ।
नेपालगञ्ज–सुर्खेत–जाजरकोट–रुकुमहुँदै मोटरसाइकलमा सजिलै डोल्पा दुनैसम्म पुग्न सकिने भएकाले पनि जहाजमा भन्दा अघिकाशं पर्यटकहरु मोटरसाइल ट्रेक गरेर डोल्पा पुग्ने गरेकाहुन ।
कर्म खर्च,गाडी कुर्नु,ठाउँठाउँमा गाडी परिबर्तन गर्नु एकदमै झन्झटहुने भएकाले सडक राम्रो भएको अवस्थामा भेरीको तिरैतीर मोटरसाइकलमा ट्रेक गर्दा स्वर्गीय आनन्त प्राप्तहुने सुर्खेतकै पर्वत न्यौपानेले बताए ।
डोल्पा घुम्ने योजना बनाउनु अघि मौसमको भने ख्याल गर्नुपर्ने उनको भनाइ छ ।
होटेल व्यवसायी खुसी
प्रत्येक बर्ष डोल्पा घुम्ने आन्तरिक पर्यटक आउन थालेपछि होटेल व्यवसायीहरु खुसी भएकाछन् ।
साउन देखिनै आन्तरिक पर्यटकह खचाखच हुन थालेपछि दुनै,त्रिपुराकोट,सुलिगार्ड,फोक्सुण्डो लगायतका बजारका क्षेत्रका व्यवसायी खुसी भएकाहुन् ।
पर्यटक चलेका बेला कहिलेकाही दिनमै एकलाखसम्म प्यापारहुने फोक्सुण्डो झरणा होटल त्रिपुराकोटका प्रोपराइटर पुर्णिमा बोहोराले बताइन् ।
खर्चका हिसाबले विदेशी भन्दा स्वदेशी पर्यटकले धेरै खर्च गर्ने भएकाले व्यवसायीकालागि आन्तरिक पर्यटक आउनु फाइदाहुने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?