२०८० असोज ९ गते मङ्गलवार

डोल्पामा प्रतिनिधिसभा निर्वाचन: गठबन्धन ढुक्क,एमाले बिरासत तोड्ने दाउमा !



रामचन्द्र न्यौपाने,
डोल्पा २८ कात्तिक :  हिमाली जिल्ला डोल्पामा यतिबेला चुनावी रौनक छाएको छ । मंसिर ४ नजिकिँदै गर्दा उम्मेद्धारहरु घरदैलो अभियानमा व्यस्त छन् ।हिँउदको कड्याङ्ग्रीदो चिसो दिनप्रतिदिन उकालो लाग्दै गर्दा उम्मेद्धारहरुलाई आ–आफ्नो पक्षमा मतमाग्न भ्याइनभ्याइ छ ।पुरानै एजेण्डा सहित गाउँबस्तीमा पुगेका राजनितिक दलका उम्मेद्धारहरुलाई जनताले फुलमाला खादा र अविरले रंग्याएकाछन् ।भव्य स्वागत गरेको देख्दा लाग्छ यो चुनाव प्रचार प्रचार नभइ बिजय ¥याली हो ।डोल्पामा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छ ।प्रतिनिधि सभाकालागि पाँचजना उम्मेद्धार बिच प्रतिस्पर्धा हुँदैछ ।जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अंगत कुमार बुढा,नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)बाट धनबहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट गणेश बहादुर शाही,नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल) बाट हर्क बहादुर ठकुल्ला र स्वतन्त्रबाट बिरबहादुर रोकाय चुनावी मैदानमा छन् ।डोल्पामा तीन दलिय गठवन्धनबाट साझा उम्मेद्धार बनेका एकिकृत समाजवादीका नेता बुढा तेस्रो जितकालागि चुनावी मैदानमा उत्रियकाछन् ।उनलाई डोल्पामा नेकपा एमाले पछि दोस्रो शक्तिमा रहेको काँग्रेस र तेस्रो शक्तिको रुपमा रहेको माओवादी केन्द्रको समर्थन छ ।यसकारण पनि बुढालाइ आसन्न निर्वाचनकालागि बलियो उम्मेद्धार मानिन्छ ।बुढा यसअघि २०७० र २०७४ मा नेकपा एमालेबाट निर्वाचित भएका थिए । २०७४ मा ११ हजार ७ सय ६१ मत ल्याएर बिजय भएका थिए । उनका प्रतिद्धन्दी काङग्रेसबाट उम्मेद्धार बनेका अंगत कुमार बुढाले ३ हजार १ सय ६७ मतमात्र ल्याएका थिए भने कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल) बाट हर्क बहादुर ठकुल्लाले २ सय ९९ मत ल्याएका थिए ।बुढाको पुर्वबत राननिति राप्रपाबाट सुरु भएको हो ।त्यसपछि नेकपा एमाले हुँदै अहिले एकिकृत समाजवादीमाछन् ।उनलाई डोल्पाको राजनितिमा चतुर खेलाडीको रुपमा चिनिन्छ ।केपी वली प्रधानमन्त्री हुँदा पर्यटन राज्यमन्त्री समेत भइसकेका बुढालाइ नेकपा एमालेकै नेता कार्यकर्ताको समर्थन रहेको नेकपा एकिकृत समाजवादीका युवा नेता युवराज थकालीले बताए ।सरल स्वभाव सहयोगी भावना भएकै कारण डोल्पामा लोकप्रिय नेताको छवी बनाएको उनको भनाइ छ ।डोल्पाका कुल २२ हजार ७ सय ७४ जना मतदाता रहेकाछन् ।आफुलाई नेकपा एमालेबाटै टिकट लिएर लड्न अफर समेत आएको प्रतिनिधि सभा उम्मेद्धार बुढाले बताए ।गठवन्धनबाट लडे जितको ग्यारेन्टी भएकै कारण आफु साझा उम्मेद्धार बनेको बताए ।गाउँघरमा आफ्नो पक्षमा जनलहर भएकाले कलममा भोट हाल्न जनता आतुर रहेको समेत उनले दाबी गरे ।आफुले दुई कार्यकालमा डोल्पाली जनताकालागि थुप्रै काम गरेकाले अबको जितपछि भेरी करिडोरलाइ नेपाल चिन सिमानामा पर्ने मोरिम्ला नेपाल हुँदै भारतको रुपैहिडिया जोड्ने सडक पहिलो एजेण्डा रहेको समेत बताए ।डोल्पामा काइके,डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा नेकपा एकिकृत समाजवादीले जितेको छ ।यस कारण पनि उपल्लो डोल्पाका यि पालिकाबाट बुढालाइ एकलौटी मत खस्ने देखिन्छ ।बुढालाई पुरानै बिरासत र्फकाउन बाधकको रुपमा भने नेकपा एमाले रहेको छ ।जिल्लामा सैदान्तिक हिसाबमा अन्य पार्टी भन्दा बलियो रहेको एमालेबाट गणेश बहादुर शाही मैदानमा छन् ।शाही ठुलिभेरी नगरपालिकामा एमालेबाट निर्वाचित पुर्व नगर प्रमुख समेत हुन् ।एकिकृत समाजवादी त्यागेर पुनःएमालेमै फर्किएका शाहीलाई प्रवेश गर्ने वित्तिकै एमालले प्रतिनिधि सभाको टिकट दिएको थियो ।धनबहादुर बुढाले फलोर क्रस गरेर गठवन्धनलाइ सघाएको भन्दै उनका बिरुद्ध लड्न एमाले रोजेको खोजेको उम्मेद्धारहुन शाही ।जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा प्रमुख उपप्रमुख सहित एमालेले जितेको छ ।उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा प्रमुख एमालले जितेको छ ।उपल्लो डोल्पाका आठ मध्ये पाँचवटा स्थानीय तहमा एमालेको शैदान्तिक हिसाबले बलियो भएकै कारणे बुढाको पुरानो विरासत भत्काउने दाउँमा छ ।भेगिय राजनितिलाइ मुल एजेण्डा बनाएको एमालले मध्य र तल्लो डोल्पाका कतिपय जनताको समर्थन समेत पाएको छ ।डोल्पाको राजनितिक नेतृत्व पञ्चायत देखिनै प्रायःकाइके गाउँपालिकाले नेतृत्व गरिरहेकोको भन्दै अब राजनिति तल्लो भेगमा ल्याउनुपर्ने एमालेका नेता कार्यकर्ताको अठोट छ ।बुढाको दुई कार्यकालको स्वाद जनताले चाखिसकेकाले अबको नेतृत्व एमालले गर्ने उम्मेद्धार शाहीको दाबी छ ।अहिले एमालेको पक्षमा आम डोल्पाली जनता भएको उनको भनाइ छ ।आफुले जितेपछि शिक्षा,स्वास्थ्य,यातायात,बिद्युत,सञ्चार लगायत आधारभुत कुरामा ध्यान दिने उनको भनाइ छ ।त्यतिमात्र नभइ यसअघि निवर्तमान सांसद बुढाले एकपटक पनि डोल्पाली जनताको आवाज सदनमा नबोलेकाले अब आफु निर्वाचित भइसकेपछि डोल्पाका हरेक बिषय संसदमा गुञ्जिने समेत उनले बताए ।यता राप्रपाबाट अंगत कुमार बुढा पनि चुनावी मैदानमा छन् ।डोल्पाली युवा पंतिमा असल नेताको छवि बनाएका बुढाको पनि पुर्ववत राजनिति राप्रपानै हो ।अहिलेसम्म बुढाले चारवटा पार्टी बदलिसकेकाछन् ।सुरुमा राप्रपा ।त्यपछि एमाले प्रवेश गरे ।त्यसपछि काँङ्ग्रेस प्रवेश गरे ।त्यसपछि पुनः राप्रपा तिरै लागे ।बुढा राप्रपाका केन्द्रिय सदस्य पनि हुन् ।जिल्लामा भष्टाचार बिरुद्धका अभियान्ता र जनताको हरेका समस्यालाइ एजेण्डा बनाएर आवाज उठाउने नेताको रुपमा समेत चिनिन्छन् ।देशका मुख्य पार्टीको रुपमा रहेका काँङग्रेस,एमाले र माओवादी ठेकेदार र माफियाको कब्जामा रहेको समेत आरोप लगाए ।यस कारण जिल्ला पार्टी पनि भ्रष्टारी,असक्षम र ठेकेदारको हातमा परेपछि पार्टी परिवर्तन गर्दै हिँड्न बाध्य भएको प्रष्ट पारे ।जिल्लामा भलै राप्रपाको संगठन कमजोर भएपनि समृद्ध डोल्पाको एजेण्डा भने बलियो रहेको उम्मेद्धार बुढाले बताए ।आफुले जिते पाँचबर्ष भित्र डोल्पाली जनताका आधारभुत समस्या अहोरात्र खटिएर पुरागर्ने उनको भनाइ छ ।सधै ठेकेदारले जितेको डोल्पामा एक पटक गैह्र ठेकेदार डोल्पा र डोल्पालीको विकासकालागि अहोरात्र खट्ने हुटहुटी भएको आफुलाइ जिताउन समेत आग्रह गरे । यदि नजितेपनि सम्मानजनक जनमत पाए राष्ट्रिय सभामा लैजाने आश्वासन समेत पाएको उनले बताए ।“डोल्पामा अहिलेसम्म कसैले केही गरेनन्,अब म गरेर देखाउनेछु,भष्टाचार गरेर आर्जेको पैसाले भोट किन्न बाँडिएका पैसा खानुस तर,भोट मलाइ दिनुस”उम्मेद्धार बुढाले जनतालाई अपिल गरे ।“सधै डोल्पाको समग्र विकासकालागि चिन्तन गर्ने व्यक्ति पाइदैनन्,यसपटक मलाइ जिताएर पठाउनुस,म जनताका हरेक सुख दुखमा साथ दिनेछु” उनले भने ।

प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?