
रामचन्द्र न्यौपाने,
डोल्पा २८ कात्तिक/आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेद्धारहरु घरदैलो अभियानमा व्यस्त छन् ।अन्य जिल्लाहरुमा दैनिकजसो चुनावी आमसभा,भेला सम्मेलन गरेर मत माग्ने गरेपनि डोल्पामा भने उम्मेद्धारहरु जनताको घरदैलोमै पुगेर मतमाग्ने गरेकाहुन् ।निर्वाचन आयोगले राजनितिक दललाइ निश्चित समयावधि तोकेर आमसभा भेला गर्न खुला गरेको एकसाता बितिसक्दा पनि डोल्पामा अहिलेसम्म कुनै पनि पार्टीले आमसभा गरेका छैनन् ।एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको डोल्पामा बाह्र जना उम्मेद्धार चुनावी मैदानमा छन् ।प्रदेशका दुईवटा निर्वाचन क्षेत्रमा मात्रै सात जना उम्मेद्धार बिच प्रतिस्पर्धा हुँदैछ ।जसमा प्रदेश क मा गठबन्धबाट नेपाली काङ्ग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर शाही,नेपाल कम्युनिष्ट पार्टी एमालेबाट जिल्ला कमिटी अध्यक्ष शेरबहादुर बुढा,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नारान बुढा, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी(पुष्पलाल)बाट नन्द बहादुर रोकाय बिच प्रतिस्पर्धा हुँदैछ ।त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र ख मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिरबहादुर शाही,नेपाल कम्युनिष्ट पार्टी एमालेबाट धनचन्द्र बैजी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बौद्धसिँह कठायतबिच प्रतिस्पर्धा हुँदैछ ।
यस्तो छ प्रदेश क मा स्थानीय तहको मतभार
प्रदेश क मा चारवटा स्थानीय तहछन् ।जस अन्तगर्त ठुलिभेरी नगरपालिकामा प्रमुख उप–प्रमुखनै काँङ्ग्रेसले जितेको छ ।काँङ्ग्रेसबाट निर्वाचित नगर प्रमुख सुर्वण कुमार बुढाले १ हजार २ सय ८६ मत ल्याएका थिए ।त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका कर्ण बहादुर रोकायले ९४५ मत प्राप्त गरेर पराजित भएका थिए ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेद्धार बिरेन्द्र डाँगीले ७ सय ३३ मत ल्याएका थिए ।नेपाल कम्युनिष्ट पाटी एमालेका पुर्ण बहादुर डाँगीले ४ सय ९३ मत ल्याएका थिए ।काइके गाउँपालिकामा पनि समाजबादीको नेतृत्व छ ।गाउँपालिकाको प्रमुखमा एकिकृत समाजवादीबाट अंगत कुमार राना निर्विरोध निर्वाचित भएका थिए ।छार्काताङ्सोङ् गाउँपालिकाको नेतृत्व पनि समाजवादीले गरेको छ ।गाउँपालिकाको प्रमुखमा सेनाङ गुरुङ्ग निर्विरोध निर्वाचित भएका थिए ।डोल्पोबुद्ध गाउँपालिकाको प्रमुखमा कार्माछोइवेल गुरुङ्ग स्वतन्त्रबाट ५ सय ३५ मत ल्याएर निर्वाचित भएका थिए भने एकिकृत समाजवादीबाट पेम्मा धोर्चे गुरुङ्ग निर्विरोध निर्वाचित भएका थिए ।प्रमुख धोर्चे स्वतन्त्रबाट निर्वाचित भएपनि समाजवादी समर्थकहुन ।माओवादी केन्द्रबाट उम्मेद्धार बनेका तेम्बा गुरुङ्गले ३ सय २ मत प्राप्त गरेका थिए ।
प्रदेश क मा को बलियो ?
प्रदेश निर्वाचन क्षेत्र क मा स्थानीय तहको मतपरिमाणलाइ हेर्ने हो भने गठबन्धनका साझा उम्मेद्धार दिपेन्द्र बहादुर शाही बलियो देखिन्छन् ।उनलाइ नेकपा एकिकृत समाजवादीबाट प्रतिनिधि सभा उम्मेद्धार बनेका धनबहादुर बुढाले जिताउने बाचा समेत गरेका छन् ।उपल्लो डोल्पाका तीन स्थानीय तहबाट बुढालाइ आउने मत शाहीलाइ आयो भने निर्वाचितहुने सम्भावना देखिन्छ ।ठुलिभेरी नगरपालिकाबाट साठी प्रतिशत मत पाउने काँङ्ग्रेसको दाबी छ ।तीन प्रमुख पार्टीको गठबन्धन छ त्यसैमा पनि स्थानीय तहको मतभार र संघका उम्मेद्धारा धनबहादुर बुढाको बाचालाइ हेर्नेहो भने आफ्नो जित सुनिश्चित रहेको शाहीले दाबी गरे ।आफु जिल्ला सभापति भइसकेपछि जिल्लाभरीनै संगठन बिस्तार गरेकाले मतभार पनि बड्ने उनको भनाइ छ ।त्यसैगरी एमालेका उम्मेद्धार शेरबहादुर बुढा पनि बलिया उम्मेद्धार मानिन्छन् ।जनतामाझ राम्रो छबि बनाएका बुढालेनै प्रदेश क मा जित्ने आँकलन गरिन्छ ।बुढालाई गृह क्षेत्र काइके गाउँपालिकाबाट एकलौटी मत आउने एमालेको दाबी छ ।काइकेमा मात्रै २ हजार ३ सय ६३ मतदाता छन् ।ठुलोभेरीमा गठबन्धन भएपनि पचास प्रतिशत मत एमाललेलाइ आउने बताइन्छ ।उपल्लो डोल्पाका दुइवटा स्थानीय तहबाट आधा मत ल्याएमात्रै पनि सहजै जितिने एमालले दाबी गरेको छ ।जस्तोसुकै गठबन्धन भएपनि एमालेको जित सुनिश्चि भएको उम्मेद्धार बुढाले दाबी गरे ।यस निर्वाचन क्षेत्रमा एमाले शैदान्तिक हिसाबमामात्र बलियो नभइ धार्मिक सहिष्णुताको हिसाबले पनि उपल्लो डोल्पाबाट एमालेलाई धेरै मत आउने उनको आँकलन छ ।यो क्षेत्रमा बौद्ध धर्मालम्बीहरुको समेत बाहुल्यता छ ।यस निर्वाचन क्षेत्रमा ९ हजार ५ सय ६७ मतदाता छन् ।
प्रदेश ख मा कडा प्रतिस्पर्धा
प्रदेश निर्वाचन क्षेत्र ख मा पनि चारवटा स्थानीय तहछन् । स्थानीय तहको चुनावलाई हेर्ने हो भने एमाले र माओवादीले दुई दुईवटा स्थानीय तह जितेकाछन् ।त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख उपप्रमुखनै एमालले जितेको छ ।एमालेका जनचन्द्र रोकायले २ हजार १ सय ४ मत ल्याएका थिए ।निकटम प्रतिद्धन्दी काँङ्ग्रेका चन्द्रलाल धरालाले १ हजार ५ सय ९६ मत ल्याएका थिए ।काँङ्ग्रेसलाइ प्राप्त मतलाइ आधार मान्ने हो भने त्रिपुरासुन्रीमा काङ्ग्रेस एमाले पछि दोस्रो शीक्तको रुपमा रहेको छ । उता माओवादीका उम्मेद्धार दिलबहादुर बिष्टले १ हजार ४ सय २२ मत ल्याएका थिए ।त्रिपुरासुन्दरीमा माओवादीले पाँच वटा वडा समेत जितेको छ ।शे–फोक्सुण्डो गाउँपालिकामा प्रमुख भने एमालेले जितेको छ ।एमालेबाट उम्मेद्धार बनेका धावा सुम्डुक निर्विरोध अध्यक्षमा निर्वाचित भएका थिए ।उपाध्यक्ष पेम्वावाङ्छेन गुरुङ्गले १ हजार १ सय मत ल्याएर स्वतन्त्रबाट निर्वाचित भएका थिए ।उनि एमाले समर्थक हुन ।उनका प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका पेम्मा डोल्पा गुरुङ्गले २ सय ७६ मत ल्याएका थिए ।त्यसैगरी मुड्केचुला गाउँपालिकामा प्रमुख उप प्रमुखनै माओवादी केन्द्रले जितेको छ ।प्रमुखमा दत्तबहादुर शाहीले १ हजार ४ सय चार मत ल्याए भने ।उनका प्रतिद्धन्दी नेकपा एमालेका लंकबहादुर रोकायले १ हजार ३ सय ६७ मत ल्याए ।मुड्केचुलामा काङ्ग्रेसको संगठन कमजोर छ । संगठन कमजोर भएकाले काङ्ग्रेसले स्थानीय निर्वाचनमा उम्मेद्धार उठाएन ।त्यसैगरी जगदुल्ला गाउँपालिकामा पनि प्रमुख उप प्रमुखनै माओवादी केन्द्रले जितेको छ ।प्रमुखमा नारासिँह रोकायले ७ सय ७० मत ल्याए ।उनका प्रतिद्धन्दी नेकपा एमालेका हेमबहादुर महताराले ७ सय ४६ मत ल्याएका थिए । यहाँ पनि काङ्ग्रेसको संगठन कमजोर ।यस कारण काङ्ग्रेसले उम्मेद्धारनै उठाएन ।स्थानीय तहको मत परिमाणलाइ आधार मान्ने हो भने एमाले माओवादी बराबरी हैसियतामा छन् ।तर,तीन दलिय गठबन्धन भएकाले उम्मेद्धार बिरबहादुर शाहीलाई काँङ्ग्रेस र समाजवादीका समेत मत आउने भएकाले बलियो उम्मेद्धार यस क्षेत्रमा बलियो उम्मेद्धार मानिन्छन् ।यसै पनि माओवादी बलियो रहेको यस क्षेत्रमा बलियो पकड भएको काँङग्रेस र समाजवादीको मत पाउने भएकाले झण्डै चारपाँच सय मतान्तरले आफुले जित्ने शाहीको दाबी छ ।अहिले गाउँघरमा गठबन्धनको पक्षमा जनलहर उर्लिरहेको उनले बताए ।त्यसैगरी एमालेका उम्मेद्धार धनचन्द्र बैजी पनि बलिया उम्मेद्धार हुन ।भर्खरैमात्रै राजनितिमा डेब्यु गरेका उम्मेद्धार बैजी आर्थिक हिसाबले पनि मजबुद छन्।स्थानीय तहको निर्वाचनमा माओवादीले जितेको तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकामा झिनो मतलेमात्र एमाले पराजित भएको थियो ।त्रिपुरासुन्दरी नगरपालिकामा त एमालेकै नेतृत्व छ ।यि सबै आधारलाई हेर्ने हो भने गठनबन्धनलाई एमालेले टक्कर दिने निश्चित भएको छ ।गठबन्धनका उम्मेद्धार शाहीलाई काङग्रेस र नेकपा एकिकृत समाजवार्दीको समर्थन भएकाले पनि जित्ने सम्भावना प्रवल रहेको माओवादी नेतृत्व बताउँछन ।तर,गठबन्धनबाट धोका भए सैदान्तिक हिसाबमा बलियो रहेको एमालेले यस क्षेत्रमा बाजी मार्न सक्ने एमालेका जिल्ला नेतृत्वहरु बताउँछन ।