
रामचन्द्र न्याैपाने,
डाेल्पा ३ मंसिर/ हिमाली जिल्ला डा्ल्पाका ६८ वटा मतदानकेन्द्रमध्ये दुइवटा मतदानकेन्द्रमा महिलाले नेतृत्व गरेकाछन् ।
त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ मा पर्ने त्रिपुरा मावि काटियाचाैर मतदान केन्द्र र ठुलिभेरी नगरपालिका अन्तर्गत वडा नं ३ मा पर्ने सरस्वती माध्यमिक विद्यालय मतदानकेन्द्र महिला कर्मचारीले नेतृत्व गरेकाछन् ।
यी मतदान केन्द्रमा मतदान अधिकृत देखि सुरक्षार्मीसम्म महिला खटाइएको छ ।
यता त्रिपुराकाेट माध्यमिक विद्यालय काटियाचाैर मतदान केन्द्रमा मतदान अधिकृतकाे रुपमा सम्झना महतारा खटिएकीछन् ।
सहायक मतदान अधिकृतकाे रुपमा मायादेवी शाही खटिएकिछन् ।
त्यसैगरी बलिसरा बिक,सुनिता ठकुल्ला,भाग्या देवी राेकाया, सन्ध्या आचार्य,शान्ति महतारा,निमा साङमाे राेकाय यश मतादानकेन्द्रमा खटिएकाछन् ।
यस मतदानकेन्द्रमा खटिएका म्यादी र नेपाल प्रहरीहरु पनि कतिपय महिलाछन् ।
पुरुष कर्मचारी भन्द्रा महिलालाई निर्वाचनकाे पुर्व तयारीगर्न केही समस्या भएकाे मतदान अधिकृत सम्झना महताराले बताईन ।
महिला भएपनि सबै सक्रिय भएकाले भाेलिकालागि गर्नुपर्ने मतदानस्थल निर्माण लगायतका सम्पूर्ण काम गरिसकेको उनले बताइन् ।
निर्वाचनमा पुरुषसरह महिलाले पनि काम गर्न सक्छन्,त्याे विगतका निर्वाचनले पनि देखाएको छ,तर झैझगडा भयाे भनेपनि समस्याहुन्छ उनले भनिन् ।
यस मतदानकेन्द्रमा चारवटात दुधे बच्चा भएका महिला कर्मचारी रहेकाे उनले बताइन ।
त्यसैगरि सरस्वती माध्यमिक विद्यालय दुनै मतदान केन्द्रमा पनि मतदान अधिकृत,सहायक मतदान अधिकृत र अन्य कर्मचारी पनि महिलामात्र खटाइएको छ ।
मतदान अधिकृतकाे रुपमा सुजिता श्रेष्ठ खटिएकी छन् भने सहायक मतदान अधिकृतकाे रुपमा संगिता कार्की खटिएकीछन् ।त्यसैगरि तुलसा कुमारी रावत,सुमित्रा धराला,टीका थापा,उर्मिला राेकाय,निसा बुढा,विजु बुढा खटिएका छन् ।
पुरुष भन्दा महिलाहरुमात्रहुँदा अझ सहज महसुस भएकाे मतदान अधिकृत सुजिता श्रेष्ठले बताइन ।
महिलामात्र भएकै कारण स्वच्छ र मर्यादित रुपमा निर्वाचन सम्पन्न गर्न त्यस्तो कुनै समस्या नभएको उनकाे भनाइ छ ।
मतदानकेन्द्रहरु समावेशी र महिलामैत्री बनाउ भन्ने हिसाबले दुईवटा मतदानकेन्द्रमा महिलामात्र खटाएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए ।
हाम्रो समाजमा महिलाहरुलाइ कार्यसम्पादनकाे हिसाबले कमजोर ठान्ने भएपनि जिम्मेवारी पाएकाे ठाउँमा पुरुषहरु भन्दा महिलाहरुले अझ राम्रो काम गर्नसक्ने उनकाे भनाइ छ ।