२०८० असोज ९ गते मङ्गलवार

डाेल्पाका १२ मतदान केन्द्रमा हेलिकप्टर प्रयोग गरिने !



रामचन्द्र न्याैपाने
डाेल्पा २८ कात्तिक,
डाेल्पाका ६८ वटा मतदान केन्द्र मध्ये १२ वटा मतदान केन्द्रकालागि हेलिकप्टर प्रयाेग गरिने भएको छ ।
उपल्लो डाेल्पाका २२ मध्ये १२ वटा मतदान केन्द्रमा कर्मचारी,मतपत्र लगायत निर्वाचन सामग्री ल्याउन लैजान हेलिकप्टर प्रयाेग गरिने मुख्य निर्वाचन अधिकृतकाे कार्यालय डाेल्पाले जनाएको छ ।
सदरमुकाम दुनैबाट चार देखि सात दिनसम्म लाग्ने उपल्लो डाेल्पाका डाेल्पाेबुद्व, छार्काताङ्साेङ् र शे-फाेक्सुन्डाे गाउँपालिकाका १२ वटा मतदान केन्द्रमा मतपत्र कर्मचारी लैजान र मतपेटिका ल्याउन हेलिकप्टर प्रयाेग गरिने मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।
भाैगाेलिक रुपमा विकट र भारि हिमपातका कारण निर्वाचनकाे पुर्व तयारी गर्न समस्या हुनेभएकाले पनि हेलिकप्टर माग गरिएकाे सुवेदीले बताउनुभयाे ।
उपल्लो डाेल्पामा पर्ने २२ वटै मतदान केन्द्रकालागि हेलिकप्टरकाे पहल गरिए पनि निर्वाचन आयाेगले संवेदनशिलताकाे हिसाबमा १२ वटामामात्रै व्यवस्था गर्न सक्ने बताएको उहाँले बताउनुभयो ।
तल्लो र माथिल्लो डाेल्पाका बाँकी मतदान केन्द्रहरुमा मतपत्र लगायतका निर्वाचन सामग्रीहरु घाेडा खच्चड र पिठ्युमा बाेकेरै ढुवानी सुरु गरिएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
त्यसैगरि जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा निर्वाचन गराउन खटिएका कर्मचारीहरु,सुरक्षाकर्मीहरु मतदान केन्द्रहरुमा जान थालेकाछन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?