२०८० चैत्र १५ गते बिहिवार

डाेल्पा उड्नुपर्ने यात्रु मुगु पुर्याएकाे घटनामा समिट एयरसँग क्षतिपूर्ति माग गर्दै प्रशासनमा निवेदन !



रामचन्द्र न्याैपाने
डाेल्पा २४ कात्तिक : 
डाेल्पा उड्नुपर्ने यात्रु मुगु पुर्याएकाे घटनामा पिडितले क्षतिपूर्ति माग गरेकीछन् ।
घर फर्कनकालागि निजि विमान कम्पनी समिट एयरकाे टिकट लिएकी ठुलिभेरी नगरपालिका ५ बस्ने राजकुमारी बुढा र उनकाे ८ महिने बच्चालाई नेपाल एयरलाइन्सकाे सेभेन थ्री थ्री कल साइनको जहाजले मुगु पुर्याएकाे घटनामा पिडित बुढाले बहिनी डिलकुमारी बुढा मार्फत बिहिवार जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिँदै क्षतिपूर्ति माग गरेकीहुन् ।
आफुलाई टिकटकाे पैसा सहित समिट एयरलाइन्सले आवश्यक क्षतिपूर्ति दिनुपर्ने उनकाे माग छ ।समिट एयरलाइन्सकै लापरबाहीले आफू मुगु पुगेकाे बुढाले बताइन् ।
आफु डाेल्पा उड्न नपाएपछि काटेकाे टिकटकाे पैसा फिर्ता माग्दा टिकट काउन्टरमा जाँदा समिट एयरलाइन्सका कर्मचारीले उल्टै तपाईंको गल्ती हाे भन्दै पैसा दिन नमानेकाे उनकाे गुनासाे छ ।
पैसा माग्दा कर्मचारीले धम्की दिने गरेकाे समेत उनले बताइन् ।
मुगुकाे ताल्चा विमानस्थलमा अलपत्र परेकाे ४ घण्टापछि उनलाई पुनः तारा एयरलायन्समा नेपालगञ्ज फिर्ता लगिएको थियाे ।

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?