
रामचन्द्र न्यौपाने,
डोल्पा १९ कात्तिक: हिमाली जिल्ला डोल्पामा मतपत्र आइपुगेको छ ।
कर्णाली प्रदेशका अन्यत्र जिल्लामा एकसाता अघिनै मतपत्र पुगेपनि डोल्पामा भने ढिलागरीमात्र मतपत्र आइपुगेको हो ।
शनिवार नेपाली सेनाको हेलिकप्टर मार्फत मतपत्र लगायत अन्य निर्वाचन सामाग्री आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ ।
प्रत्यक्ष र समानुपातिक गरेर कुल १ लाख ६ हजार थान मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो ।एक हप्ता भित्रै मतपत्र लगायत निर्वाचन सामाग्री जिल्लाका स्थायी ६६ वटा र दुई वटा अस्थायी गरेर ६८ वटा मतदान स्थलमा पठाइने उहाँको भनाइ छ ।
डोल्पामा कुल २२ हजार ७ सय ६४ मतदाता रहेकाछन् ।
प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार