२०७९ मङ्सिर १९ गते सोमवार

फाेक्सुन्डाेकाे बिद्यार्थीलाइ  दाताद्वारा डाउन ज्याकेट सहयोग,पर्यटन दुत थापाले गरे हस्तान्तरण !



डाेल्पा ८ कात्तिक,
नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाँउपालीकाको फोक्सुण्डो गाँउमा अवस्थित गोविन्द आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुलाई डाउन ज्याकेट र शैक्षीक सामाग्रीहरु हस्तान्तरण गरीएको छ ।
विद्यालयका शिक्षीका राज्यलक्ष्मी हमाललाई कर्णाली प्रदेशका पर्यटन दुत भरतबन्धु थापाले ज्याकेट हस्तान्तरण गर्नुभयो । नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटन दुत नर बहादुर टण्डनको अगुवाईमा ३२ थान डाउन ज्याकेट र शैक्षीक सामाग्रीहरु प्रदान गरीएको हो ।
चिसो मौसममा विद्यार्थी तथा शिक्षकहरुलई अध्ययन अध्यापनका लागि सहजहोस भनेर ज्याकेट प्रदान गरीएका पर्यटन दुत टण्डनले बताए । ज्याकेटका लागि नरबहादुर टण्डन, मोहन लम्साल, नारयण खनाल, नेत्र भट्टराई, डा. कृष्ण हुमागाई, राम कुमार मोक्तान, विजय लम्साल, छवी अर्याल, विकास मर्हजन, रन्जीत मगर, समिर कलैया, सुरेश रजौरे, तुल्सी आर रिजाल, टिका पराजुली, गिरी बुढाथोकी, कुमार शाही, तेन्जीङ भुटीया, विनोद बस्नेत, समिर लम्साल, प्रेम बस्नेत, हेम थापा, मनी भट्टराईले सहयोग गरेका थिए भने ज्याकेट निमार्णका लागि ब्यबसायी राजुश्रेष्ठले सहयोग गरेका थिए । ।
डोल्पाको सदरमुकाम दुनै देखि तिन दिनको पैदल यात्रा पश्चात विद्यालय पुग्न सकिन्छ । काठमाण्डौ देखि डोल्पाको दुनैसम्म हवाईजहाजमा पुराउनका लागि एक्सपोलर डोल्पाका प्रवन्ध निर्देशका जितेन्द्र झाक्रीले सहयोग गरेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार