
डाेल्पा ३१ असाेज : नेपाल कम्यूनिष्ट् पार्टी (एमाले) डोल्पाले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को घोषणा पत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार गणेश बहादुर शाही, प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवर शेर बहादुर बुढा, प्रदेश निर्वाचन क्षेत्र (ख) का उम्मेदवार धनचन्द्र बैजी र प्रदेश समानुपातिक उम्मेदवार तुलाचन्द्र बुढाले संयूक्त निर्वाचन घोषणा प्रत्र सार्वजनिक गरेका छन । कृषि पर्यटन र पूर्वाधार ः समृद्ध डोल्पाको आधार भन्ने मुल नाराको साथ घोषण पत्र सार्वजनिक गरिएको छ । मतादातालाई मत दिन आग्रह गर्दै नेकपा एमालेको घोषणा पत्र समग्रह डोल्पा जिल्लालाई समेटेर बनाएकोले निर्वाचित भएपछि कार्यन्वय तथा पहल गरिने उम्मेदवारहरुले बताएका छन ।
घोषणा पत्रमा भनिएको छ । जिल्लाको शिक्षा क्षेत्रको विकास पहिलो प्रथामिकता हुने छ । सामुदायीक,प्राविधिक,धार्मिक विधालय सहित उच्च शिक्षामा सवैको पहुच पुर्याईने छ । जिल्लामा स्नातकोतmर सहित मानवीकि र विज्ञान संकायको क्याम्पस तथा पढाई संचालन गर्न पहल गर्ने,पर्यटकहरुलाई सहजको लागि ठाउँठाउँमा टि हाउस,पाहुना घर संचालन गरिने,कृषि,पर्यटन,धार्मिक तथा प्राकृतिक संस्कृतिक कलाको उच्च तहसम्म प्रवद्धन गर्ने,एक घर एक घारा र स्वच्छ सभा बस्तीको लागि पहल गर्ने,भेरिकरिडोर अन्तगरगतका पुलहरु पूर्ण रुपमा निर्माण र सडक बाटो स्तरउन्नतीको लागि पहल गर्ने, दुनै धो सम्म ट्याक खोल्ने कार्यलाई प्रथामिकता दिने, उत्तरी तिब्बत क्याटो मरिम्ला नाका खोल्नको लागि पहल गरिने, माथिल्लो डोल्पा मुस्ताङ हुदै संघिय राजधानी जोड्ने बाटो पहल गर्ने, डोल्पा देखि मध्यपहाडी राजमार्ग हुदै संघिय राजधानी जोड्ने बाटोको पहल गर्ने , जुम्ला जगदुल्ला त्रिपुराकोट,त्रिवेणी,मुड्केचुला, जुम्ला जोड्ने बाटोको पहल गर्ने बताईएको छ ।
यस्तै फलफुल खेतीको लागि सिचाई व्यवस्थापन गर्न पहल गर्ने, स्थानीय रैथाने खेती उत्पादीत बस्तुलाई प्रशोधन तथा बजारिकरण गरिने, उपल्लो डोल्पामा च्यांग्रा,चौरी (याक),उत्पादनमा विशेष जोड दिईने,स्वास्थ्य विमाको लागि पहल गर्ने,विधुत समस्यालाई समाधान गर्न राष्ट्यि प्रसारण लाईन जोड्न पहल गर्ने,आँखेखोला जलविधुत र जैरीगाड विधुतलाई थप मर्मत गरि संचालनमा ल्याउन पहल गर्ने, विधुत नपुगेका नागरिकलाई सौर्यउर्जा र धुवा रहित सुधारिएको चुलो वितरणको लागि पहल गर्ने,जिल्ला भरि ईन्टरनेट सहितको फोन सेवा संचालनको लागि पहल गरिने, सुचनाको पहुँच नपुगेका ठाउँहरुमा पहुच पुग्ने गरि एफ एम रेडियो विस्तार निर्माण गरिने, जिल्ला स्तरको रंगशाला स्तरउन्नती, प्रत्यक स्थानीय तहमा रंगशाला,कवर्डहल निर्माणको लागि पहल गर्ने, हिमाली खेलकुद र खेल पर्यटनको अध्ययन गरिने,बेरोजगारी न्यूनिकरण गर्न विभिन्न वितिय संस्था संग समन्वय गरि यूवाहरुलाई कृषि,पर्यटन,पशुपालन तथा अन्य उत्पादनमा रोजगारी संगै सहभागीता जनाउने लगाएतका घोषण पत्रमा उल्लेख गरिएको छ ।