
रामचन्द्र न्यौपाने
डोल्पा २४ असोज,
हिमाली जिल्ला डोल्पामा एकसाता देखिको निरन्तर बर्षातका कारण बडेको चिसोको कारण दुई जनाको मृत्यु भएको छ ।
उपल्लो डोल्पा जाने क्रममा ठुलिभेरी नगरपालिका ७ बस्ने नरेन्द्र विक चिसोले फोक्सुण्डोमा मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले जानकारी दिए ।
उनि विदेशी नागरिकको पथ प्रदर्शनकालागि फोक्सुण्डो पुगेको थापाले बताए ।
उनको शव आजै हेलिकप्टरमा सदरमुकाम ल्याइने उनले जानकारी दिए ।
त्यसैगरी ठुलिभेरी नगरपालिका वडा नं १० बस्ने कर्ण बहादुर डाँगीको डोल्पोबुद्ध गाउँपालिकामा पर्ने तिन्जेबाट धो आउने क्रममा छोइला लेकमा हिँउमा पुरिएको प्रहरीले जनाएको छ ।
डाँगीको सरसामान भेटिएपनि शव भने नभेटिएको र आज पनि प्रहरीले खोजिकार्य गरिरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए ।
दुई दर्जन धेरै पर्यटक अलपत्र
एकसाता देखिको निरन्तर बर्षातका कारण डोल्पा घुम्नकालागि पुगेका दुई दर्जन धेरै स्वदेशी तथा विदेशी पर्यटक पर्यटक विभिन्न ठाउँमा अलपत्र परेकाछन् ।
उपल्लो डोल्पाको शे गुम्बा,धो लगायतका ठाउँमा पर्यटकहरु अपलत्र परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
आजमात्रै डोल्पोबुद्ध गाउँपालिकाको धो बाट पन्ध्र जना विदेशी नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको डिएसपी थापाले जानकारी दिए ।
त्यसैगरी आइतबार शे गुम्बाबाट पनि दुइ दर्जन धेरै पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको उनले बताए ।
बर्षातका काण एकसाता देखि डोल्पामा फोन तथा इन्टरनेट सेवा बन्द थियो ।
सोमबारमात्रै बर्षात रोकिएपछि फोन तथा इन्टरनेट सेवा सुचारु भएको छ ।
जाजरकोट डोल्पा सडक अवरुद्ध
एकसाता देखि निरन्तर बर्षातको कारण जाजरकोट डोल्पा सडकखण्ड अन्तर्गत पर्ने त्रिवेणी दुनै सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।
सडकका विभिन्न ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएपछि आन्तरिक जिप सेवा बन्द भएको छ भने सर्वसाधारणहरु जोखिम मोलेर आवजजावत गर्न बाध्य भएकाछन् ।
बर्षातका कारण बाटो अवरुद्ध भएपछि त्रिपुराकोट दुनै सडकखण्डमा चल्ने जिप सेवा समेत अवरुद्ध भएको छ ।
निरन्तरको बर्षातका कारण जिल्लाभरी क्षति पु¥याउनुका साथै घरहरु,बाटाघाटाहरु भत्किाएको जलविद्युत सेवा अवरुद्ध भएको त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीय देबीकृष्ण उपाध्यायले बताए ।