२०८१ बैशाख ८ गते शनिवार

मन्त्री शाहीद्वारा सुपाकुना गुफाको उद्घाटन !



डाेल्पा १७ असाेज,
कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिरबहादुर शाहीले मुड्केचुला गाउँपालिका ८अाेक्टमा पर्ने सुपाकुना गुफाको उद्घाटन गरेकाछन् ।
जनताकाे घरदैलोमै पुगेर दशैं तिहार को शुभकामना आदानप्रदान गर्न गृह जिल्ला पुगेका मन्त्री शाहीले निर्माणाधीन २४१ मिटर लामो गुफाको उद्घाटन गरेकाहुन् ।
उद्घाटन गर्दै मन्त्री शाहीले याे गुफा डाेल्पाकाे पर्यटकिय गन्तव्य मध्ये एक महत्त्वपूर्ण गन्तव्य भएपनि प्रसार प्रसारकाे अभावमा अाेझेलमा परेकाे बताए ।
यस गुफाको संरक्षण,विकास तथा प्रचार प्रचारकालागि स्थानीय सरकारले विशेष कदम चाल्नुपर्ने मन्त्री शाहीको भनाइ छ।
गुफासम्म पुग्न सडक पुर्वाधारकाे व्यवस्था भए आन्तरिक तथा वाह्य पर्यटककाे अाेईराे लाग्ने र त्यसबाट आम्दानी समेत लिन सकिने उनले बताए ।
गुफासम्म पुग्ने सिँडि निर्माणकालागि कर्णाली प्रदेश सरकारले ५० लाख सहयोग गरेकाे थियाे ।
त्यसैगरि गुफाकाे विकासमा स्थानीय सरकारकाे पनि लगानी रहेको छ ।

 

प्रकाशित मिति : २०७९ असोज १६ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?