२०७९ मङ्सिर १९ गते सोमवार

नेकपा एसमै भएका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेकाे झुटाे प्रसार गरेकाे भन्दै विज्ञप्ति !



डोल्पा : पुर्वमन्त्री नन्दसिंह बुढासँगै नेकपा ( एमाले) मा प्रवेश गरिएको भनि प्रचार गरिएका नेता तथा कार्यक्रताहरु नेकपा ( एकीकृत समाजवादी केन्द्र) मै रहेको भन्दै बिज्ञप्ति प्रकाशित गरेका छन् ।

आज प्रकाशित विज्ञप्ति अनुसार ३४ जनाले आफू समाजवादी केन्द्रमै रहेको भन्दै झुटो हल्लाका पछि नलाग्न समेत आग्रह गरिएको छ । डोल्पा भएका व्यक्तिलाई समेत एमालेमा प्रवेश गरेको भनि प्रचार गरिएकोले त्यस्ता गलत प्रचारमा विश्वास नगर्न समेत आग्रह गरिएको छ ।

त्यस्तै एमालेमा प्रवेश गर्ने पुर्वमन्त्री बुढालाई समाजवादी केन्द्रले कारबाही गर्न भन्दै प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरेको छ । आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार