२०८० असोज ९ गते मङ्गलवार

यामलाललाई टक्कर दिन गठबन्धनबाट हरि बिष्ट कति उत्तम ?



डाेल्पा ३० भदाै : आगामी मंसिर चार गते हुने आम निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरेर पठाई सकेका छन् ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा एमालेबाट ‘हेभिवेट’ नेता यामलाल कंडेल एकल रुपमा सिपारिस भइसकेका छन् ।

काँग्रेसबाट आधा दर्जन प्रदेश सभामा चुनाव लडने भन्दै सिफारिस हुँदा माओवादीबाट पनि प्रदेश सभा निर्वाचनका लागि केहि व्यक्तिको नाम सिफारिस भइसकेको छ ।

नेकपा एमालेका लागि कर्णाली प्रदेश भरि सबैभन्दा सुरक्षित प्रदेश सभा क्षेत्र मानिएको सुर्खेत २(क) नै हो । स्थानीय तहको निर्वाचनमा यहाँ एमालेले पाएको मत हेर्दा एमाले बलियो देखिन्छ । एमाले बलियो देखिएकै कारण नेता कंडेल मुख्यमन्त्री हुने सपना देख्दै प्रदेशबाटै चुनाव लडने तयारीमा जुटेका हुन ।

एमालेबाट मुख्यमन्त्रीका दावेदार कंडेल नै उम्मेदवार बनेपछि गठबन्धन दलहरुबीच उनलाई ‘हराउन’ सक्ने नेताको खोजी सुरु भएको छ ।

यो क्षेत्र नेपाली काँग्रेसकै भागमा पर्ने निश्चित भएपछि बजारमा हरि बिष्ट टिकट पाउने करिब निश्चित भइसकेको हल्ला समेत चल्न थालेको छ ।

राजनीतिक यात्रामा हालसम्म राजकीय पदमा नरहेका बिष्ट युवामाझ लोकप्रिय नेताको रुपमा रहेका छन् !,

उपत्यकाका रैथाने समेत रहेका बिष्टले मात्रै यामलाललाई टक्कर दिन सक्छन भन्ने चिया चौतारमा कुरा चलिरहेको समयमा हामीले हरि बिष्टको हुन त भन्ने बारेमा यहाँ संक्षिप्त जानकारी दिन खोजेका हौ!,
सुर्खेत जिल्लामा तरुणको विभिन्न जिम्मेवारी समाल्दै तरुण दल सुर्खेतको अध्यक्ष बने । बिष्ट खासै पदमा पुग्नकै लागी मरिहत्ते गर्ने नेता नभएकै कारण जनता माझ लोकप्रिय छ!, जिल्लासम्म आइपुगेको बिष्टको राजनीतिक यात्रा अव केन्द्र तहसम्म पुग्न थाल्यो तर केन्द्रिय जिम्मेवारीमा नरहे पनि केन्द्रिय नेताका नजिक र चागडिबाट नभएर काम गरेर देखाउने नेता भएकै कारण गएको पार्टीको १४ औं महाधिवेशनमा उनी जिल्ला सह-सचिवको रुपमा जिम्मेवारीमा पुगेका छन् ।
देबकुमार सुबेदि २०७४ सालमा बिरेन्द्रनगर नगरपालिका प्रमुख र पार्टीबाट महत्त्वपूर्ण जिम्मेवारी समाल्दै आएका कारण धेरै चोटि राजनीतिक लाभ लिसकेको हुनाले पनि यो पालि नेतृत्वको ध्यान हरि बिष्टको उम्मेद्बारीमा निश्चित छ !,

समाजसेवाबाट समाजको कल्याण हुन्छ भन्दै ब्यक्तिगत रुपमा लाखौंको दुखी पीडितहरुलाई सहयोग गर्दै कयौंको ज्यानसम्म बचाएका र आउने दिनहरुमा पनि पछि नघट्ने अठोट गरेका तिनै हरि अहिले प्रदेश सभाको निर्वाचन लडने तयारीमा छन् । पार्टीले टिकट दिएको खण्डमा आफू जित्न सक्ने आँकलन उनी आफू निकटका कार्यकर्तासँग गर्दै आइरहेका छन्!,हरि कर्णाली प्रदेश कै युवा माझ लोकप्रिय भएकै कारण यो निर्वाचनबाट पछि नहट्न दवाब बढेकोले पनि यो पालि जसरी पनि निर्वाचन फेस गर्ने उनि निकट स्रोतले जानकारी गराएको छ !,, राजनीतिक यात्रामा नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खडका का दाहिने हातको भुमिकामा रहदै आएका उनि यो चोटि आफु लाई सहयोग गर्न भन्दै सहयोगसम्म मागिसकेको उनि निकट स्रोतको दाबि छ !,,

प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?