२०८० मङ्सिर १३ गते बुधवार

डोल्पामा काँग्रेस,एमाले र माओवादीले टुंग्यायो संघ र प्रदेशमा उम्मेद्धार !



रामचन्द्र न्यौपाने
डोल्पा २० भदौ,
हिमाली जिल्ला डोल्पामा काँग्रेस,एमाले र माओवादीले संघ र प्रदेश निर्वाचनकालागि उम्मेद्धार सिफारिष् टुंग्याएको छ ।
आगामी मंसिर ४ मा तोकिएको संघ र प्रदेशकालागि उम्मेद्धार सिफारिष् गर्ने केन्द्रिय सर्कुलर वमोझिम जिल्ला स्थित राजनितिक दलहरुले नाम सिफारिष् टुंग्याएकाहुन् ।
नेपाली कांग्रेस डोल्पाले संघ र प्रदेशकालागि उम्मेद्धार सिफारिष् टुंग्याएको छ ।
जिल्ला कार्य समिति बैठकबाट प्रतिनिधि सभा निर्वाचनकालागि प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य कर्ण बुढालाइ एकल उम्मेद्धार सिफारिष् गरेको पार्टी सचिव हिक्मत शाहीले जानकारी दिए ।
त्यसैगरी प्रतिनिधि सभा समानुपातिककालागि पुर्व पार्टी सभापति टंक प्रसाद उपाध्याय,पुर्व समानुपातिक सांसद दुध कुमारी हमाल,अर्णबहादुर न्यौपानेलाइ सिफारिष् गरिएको छ ।
त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र क का लागि प्रत्यक्ष्य तर्फ पार्टी सभापति दिपेन्द्र बहादुर शाहीलाइ एकल रुपमा उम्मेद्धार सिफारिष् गरेको छ ।
समानुपातिक तर्फ योगेन्द्र बहादुर शाही,नवराज शाही,श्रीबहादुर शाही,दसरथ रोकाय,सुवर्ण शाही,वेगम सिँह ठकुरी,रामकुमारी शाही,जुना रोकायलाइ सिफारिष् गरेको छ ।
प्रदेश निर्वाचन क्षेत्र ख का लागि प्रत्यक्ष तर्फ पार्टी उप सभापति पुर्ण बहादुर शाही,श्रीलाल बस्नेत,भैरब बहादुर शाहीलाइ सिफारिष् गरेको छ ।
यस अघि ख क्षेत्रका सभापती मोति प्रसाद उपाध्यायको अध्यक्षता बसेको बैठकले महासमिति सदस्य जयनन्द उपाध्याय,पुर्ण बहादुर शाही,तुल बहादुर बोहोरा,श्रीलाल बस्नेत,सुनरुपा ठकुला,कर्णचन्द्र रोकायको नाम सिफारिष् गरेर जिल्ला कार्यसमितिमा पठाएको थियो ।
तर जिल्ला कार्य समितिले जयनन्द उपाध्याय सहित तीन जनाको नाम काटेर पार्टी उप सभापति पुर्ण बहादुर शाही,श्रीलाल बस्नेत,भैरब बहादुर शाहीलाइ सिफारिष् गरेको छ ।
जिल्ला कार्य समितिले पार्टीको विधान बमोझिम क्षेत्रिय सभापतिको नेतृत्वमा गरिएको निर्णय कुल्चेर पुनःउम्मेद्धारको नाम थपघट गरेर सिफारिष् गरिएकोमा घोर आपत्ती रहेको महासमिति सदस्य उपाध्याले बताए ।
यो निर्णय केन्द्रिय पार्टीले मान्यता नदिनेमा ढुक्क रहेको उपाध्यायको भनाइ छ ।
समानुपातिक तर्फ शुरबहादुर शाही,बिष्णु रोकाय,लक्ष्मी शाही,मतिरुपा रावललाइ सिफारिष् गरेको छ ।
त्यसैगरि नेकपा एमालेले पनि प्रतिनिधि सभा र प्रदेश सभाकालागि उम्मेद्धार सिफारिष टुंग्याएको छ ।
जिल्ला कमिटिले प्रतिनिधि सभाकालागि बदमीकुमारी बोहोरालाइ एकल उम्मेद्धार सिफारिष् गरिएको पार्टी सचिव लंक बहादुर रोकायले जानकारी दिए ।
त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र क का लागि प्रत्यक्ष तर्फ पुर्व जिल्ला समन्वय समिति प्रमुख तथा पार्टी अध्यक्ष शेरबहादुर बुढालाई एकल सिफारिष गरिएको छ ।
समानुपातिक तर्फ बिष्णु बहादुर रोकाय,प्रिमाकुमारी शाही र प्रेमलाल बिकलाई सिफारिष गरेको छ ।
त्यसैगरी ख निर्वाचन क्षेत्रकालागि प्रत्यक्ष तर्फ धनचन्द्र बैजी,आङबहादुर लामा,चन्द्राकुमारी बुढालाइ सिफारिष गरिएको छ ।
समानुपातिक तर्फ तुलाचन्द्र बुढा र प्रेम बिकलाई सिफारिष गरिएको छ ।
माओवादी केन्द्र डोल्पाले संघ र प्रदेशकालागि उम्मेद्धार सिफारिष् टुंग्याएको छ ।
प्रतिनिधि सभा निर्वाचनकालागि प्रत्यक्ष तर्फ जिल्ला पार्टी अध्यक्ष मालबहादुर रोकाय,दिलबहादुर बिष्ट र विरेन्द्रकुमार डाँगीलाई सिफारिष गरेको छ ।
समानुपातिक तर्फ माओवादी केन्द्र केन्द्रिय सदस्य काली चलाउने,भिमा केसी बञ्जारा र नैनसिँह विकलाइ सिफारिष गरेको छ ।
त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र क का लागि प्रत्यक्ष तर्फ धन प्रसाद कार्कीलाइ सिफारिष् गरेको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र ख कालागि प्रत्यक्ष तर्फ बहालवाला उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिरबहादुर शाही र चन्द्रमान रोकायको नाम सिफारिष् गरिएको छ ।
समानुपातिक तर्फ ग्याल्बो थापा भोटे,उर्मिला विक,पुर्णिमा बोहोरा र पेमा डोल्मा गुरुङ्गको नाम सिफारिष गरेको छ ।
त्यसैगरी नेकपा एकिकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभाकालागि उम्मेद्धार सिफारिष टुंग्याएको छ ।
प्रतिनिधि सभाकालागि प्रत्यक्ष तर्फ पुर्व पर्यटन राज्यमन्त्री तथा सांसद धनबहादुर बुढाको नाम एकल सिफारिष गरिएको छ ।
समानुपातिक तर्फ भने मिलन शाही र काली बुढाको नाम सिफारिष गरिएको छ ।
त्यसैगरि प्रदेश निर्वाचन क्षेत्र क का लागि प्रत्यक्ष तर्फ पुर्व मन्त्री नन्द सिह बुढाको नाम सिफारिष गरिएको छ ।
समानुपातिक तर्फ युवा नेता मानप्रसाद बुढा र मिलन शाहीको नाम सिफारिष् गरिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र क बाट प्रत्यक्ष तर्फ युवराज थकालीको नाम एकल रुपमा सिफारिष गरिएको छ ।
समानुपातिक तर्फ छक्क बहादुर धराला र माया ठकुल्लाको नाम सिफारिष गरिएको छ ।

 

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?