२०८० मङ्सिर २० गते बुधवार

डाेल्पामा एकीकृत समाजवादीबाट संघ र प्रदेशमा उम्मेदवार शिफारिष् !



डाेल्पा १९ भदाै,
डाेल्पामा एकीकृत समाजवादी पार्टीले संघ प्रदेशमा उम्मेदवार शिफारिष् टुंग्याएकाे छ ।
जिल्ला कमिटी बैठकले संघमा धनबहादुर बुढालाई शिफारिष गरेकाे छ ।
प्रदेश निर्वाचन क्षेत्र क बाट प्रत्यक्ष तर्फ नन्द सिह बुढा र गणेश बहादुर शाहीकाे नाम शिफारिष् गरेकाे छ पार्टी सह जिल्ला पार्टी उप सचिव मानप्रसाद बुढाले जानकारी दिए ।उम्मेदवार शाही भने एमाले प्रवेश गरिसकेकाछन् ।
समानुपातिक तर्फ युवा नेता तथा पार्टी उप सचिव मानप्रसाद बुढा र मिलन शाहीकाे नाम शिफारिष् गरिएको छ ।
त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र ख बाट प्रत्यक्ष तर्फ युवराज थकालीकाे एकल नाम शिफारिष् गरिएको छ ।समानुपातिक तर्फ माया ठकुल्लाकाे पनि एकल नाम शिफारिष् गरिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?