
डाेल्पा १८ भदाै,
डाेल्पा प्रदेश निर्वाचन क्षेत्र क बाट प्रत्येक्ष तर्फ नेकपा एमाले डाेल्पाका पार्टी अध्यक्ष शेर बहादुर बुढालाई उम्मेदवार सिफारिष् गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश निर्वाचनकाे लागि आज बुढालाई उम्मेदवार सिफारिष गरिएको हाे ।
डाेल्पा प्रदेश क निर्वाचन समन्वय कमिटीका संयाेजक बिष्णु बहादुर राेकायाकाे अध्यक्षतामा बसेकाे प्रदेश सभा क निर्वाचन समन्वय कमिटी बैठकले बुढालाई एकल उम्मेदवार सिफारिस गरेकाे पार्टी सचिव लंकबहादुर राेकायले जानकारी दिए।
यसअघि २०७४ सालकाे निर्वाचनमा बुढा जिल्ला समन्वय समिति डाेल्पाका समन्वय प्रमुख निर्विराेध निर्वाचित भएका थिए ।
त्यसैगरि प्रदेश सभा निर्वाचन क्षेत्र क बाट समानुपातिक तर्फबाट बिष्णु बहादुर राेकाया,प्रिमा कुमारी शाही,प्रेमलाल बि.क लाई सिफारिस गरिएको छ ।
आइतबार भित्र संघीय निर्वाचनको उम्मेदवार छनाैटकार्य टुंग्याउने सचिव राेकाएले बताए ।