
डाेल्पा १७ भदाै,
डाेल्पा काङ्ग्रेसले प्रदेश निर्वाचन क्षेत्र ख का लागि उम्मेदवारहरुकाे नाम टुंग्याएकाे छ ।
प्रदेश ख सभापति माेति प्रसाद उपाध्यायकाे अध्यक्षतामा शुक्रबार बसेकाे बैठकले छ जनाकाे नाम शिफारिष् गर्दै उम्मेदवारकाे नाम टुङग्याएकाे हाे ।
आगामी मंसिर ४ मा हुन लागेकाे प्रदेश सभा निर्वाचनकालागि पहिलाे नम्बरमा जयनन्द उपाध्याय,दाेस्राेमा श्री लाल बस्नेत सहित क्रमश,पुर्ण बहादुर शाही,तुल बहादुर बाेहाेरा,सुनरुपा ठकुल्ला,कर्णचन्द्र राेकायकाे नाम शिफारिष गरेकाे प्रदेश सभापति माेतिप्रसाद उपाध्याले जानकारी दिए ।
त्यसैगरी समानुपातिक तर्फ माेति प्रसाद उपाध्याय,रमा बाेहाेरा,देबीकृष्ण उपाध्याय,बिष्णु राेकाय,राजिमान सार्की,जयनन्द उपाध्यायलाइ शिफारीष् गरिएको छ ।
संघमा समानुपातिक तर्फ एकल रुपमा पुर्व पार्टी सभापति टंक प्रसाद उपाध्यायलाई शिफारिषका साथ जिल्ला कार्य समितिलाई अनुराेध गर्ने समेत निर्णय भएकाे उपाध्यायले बताए ।