
डाेल्पा १७ भदाै,
डाेल्पामा विप्लव नेतृत्वको नेकपाकाे जिल्ला सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
त्रिपुरासुन्दरि नगरपालिका १ अन्तर्गत बगर बजारमा सहिद नन्द स्मृति भवन कार्यालय स्थापना गरिएको हाे ।
जिल्ला सेक्रेटरी शेरापकाे अध्यक्षतामा बसेकाे दाेस्राे बैठकले कार्यालय स्थापना गर्नुकासाथै विभिन्न जनवर्गीय संगठनकाे जिम्मेवारी समेत ताेकेकाे छ ।
बैठकमा प्रमुख अतिथिको रुपमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खुमा सुवेदीकाे उपस्थिति रहेको थियाे ।
प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार