२०८० जेष्ठ २६ गते शुक्रवार

कर्णालीका विकट जिल्लामा सुर्खेतबाटै सिधा उडान गराउँछाै : पर्यटन मन्त्री शाही !



डाेल्पा ४ भदाै,
कर्णाली प्रदेशका नवनियुक्त पर्यटन मन्त्री बिरबहादुर शाहीले कर्णालीका जिल्लाहरुमा सुर्खेतबाटै सिधा उडान गराउने तयारी थालिएको बताउनु भएको छ ।
शनिवार राजधानीमा आयाेजित डाेल्पा काठमाडौ सम्पर्क समितिकाे बधाई तथा शुभकामना कार्यक्रममा बाेल्दै उहाँले यसाे भन्नुभएको हाे ।
अहिले जहाजमा प्रदेश राजधानीकाे जानुपर्दा लुम्बिनी प्रदेश अन्तर्गत पर्ने नेपालगन्ज पुग्नै पर्ने बाध्यता भएकाले अब छिट्टै त्याे बाध्यता हट्ने उहाँको भनाइ छ ।
कर्णालीका डाेल्पा हुम्ला जुम्ला,मुगु जिल्लाका नागरिकहरु आफ्नै प्रदेश राजधानी सुर्खेत जानुपर्दा नेपालगन्जसम्म जहाजमा र त्यहाँबाट गाडिमा जानुपर्ने बाध्यता छ ।
सुर्खेतबाट सिधै गन्तव्यमा पुग्न पाए हवाईभाडा पनि कम लाग्ने र नेपालगन्जबाट सुर्खेत पुग्न लाग्ने खर्चपर्च पनि जाेगिने नागरिककाे भनाइ छ ।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?