
रामचन्द्र न्यौपाने
डोल्पा ९ साउन : डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं ३ का अध्यक्ष भक्त भण्डारी दिनहुँ चल्ने औपचारीक कार्यक्रममा भन्दा जनताको समस्या समाधानमा जुट्न रुचाउने गर्दछन् ।
प्रत्येक दिन औपचारीक कार्यक्रम भइरहने जिल्ला सदरमुकामको वडाबाट निर्वाचित भएरपनि उनि हर बखत जनताकै समस्यामा केन्द्रित हुने गरेकाहुन् ।
उनि विकासे काम देखि प्राकृतिक विपत्तिका घटनामा समेत आफै खटिँदै आएकाछन् ।
स्थानीय चुनावमा नेपाली काङ्ग्रेसबाट निवार्चित भण्डारी निर्वाचित भए देखिनै जनताका हरेक समस्यामा प्रत्यक्ष रुपमा हातेमाले गर्दै आएकाछन् ।
बर्खा लागेसँगै ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा विद्युत सेवा दिँदै आएको जैरीगार्ड जल विद्युत आयोजना अवरुद्ध भइरहने गर्छ ।तर,अवरुद्ध भएको केही समयमै सरोकारवाला व्यक्तिसँग समन्वय गरेर सेवा सुचारु गर्न आफै काममा खटिने गर्दछन् ।
उनि निर्वाचित भएयता दुई तीन पटकनै मुहानमा भरिएको वालुवा फालेर विद्युत सेवा सुचारु गरेको ठुलिभेरीका स्थानीय धनिराम मल्लले बताए ।
वडा अध्यक्ष भण्डारीले सदरमुकामबासीको मन जितेर काम गरिरहेको उनले बताए ।
“मलाई जनताका हर समस्या आफ्नै समस्या जस्तो लाग्छ,त्यसोत जनप्रतिनिधिको काम औपचारीक कार्यक्रममा मात्र जाने नभएर जनताको हरेक दुख सुखमा साथ दिनु महत्वपुर्ण हो”वडा अध्यक्ष भण्डारीले भने ।
जनप्रनिधिमाथि जनताको आशा भरोसाहुने भएकाले निर्वाचित भइसकेपछि आफ्नो अर्काको नभनि जनताको सेवामा समर्पित हुनुपर्ने उनको बुझाई छ ।
दुई साता अघि सदरमुकाममा गएको भिषण बर्षात पछिको बाढी पहिरोको कारण दर्जन धेरै घर परिवार विस्थापित भए ।पहिरोले घर,टहरानै बगायो ।
त्यहाँ पनि वडा अध्यक्ष भण्डारी आफै खटिएर पहिरोमा पुरिएका सामान निकाल्ने देखि विस्थापित घर परिवारलाई राहत समेत बाँड्ने काम गरे ।
वडा अध्यक्षको यो कामको सामाजिक सञ्जालमा समेत चौतर्फि प्रशंसा भयो ।
वडा अध्यक्ष भण्डारीले निवार्चित भएको तीन महिना भित्रै आधा दर्जन महत्वपुर्ण काम गरेको स्थानीयको भनाइ छ ।
पहिलो काम सडक बत्ती जडान
वडा अध्यक्ष भण्डारीले आफ्नो कार्यकालको पहिलो कामको रुपमा सदरमुकाम दुनैमा सडक बत्ती जडान गरेकाछन् ।
प्रायःविग्रिरहने विजुली बत्तीका कारण अन्धकार भइरहने दुनै बजारका विभिन्न चोकमा सडक बत्ती जोडेपछि दुनै बजार झिलिमिलि भएको छ ।
आफ्नो कार्यकालको पहिलो कामको रुपमा सदरमुकामको ५२ वटा ठाउँमा सडक बत्ती जडान गरेको अध्यक्ष भण्डारीले बताए ।
कर्णाली प्रदेश सरकारले ३५ लाख लगानीबाट सडक बत्ती जडान गरिएको उनले बताए ।
बजार उज्यालो भएपछि अध्यारोको मौका छोपि हुनसक्ने चोरी डकैति,झै–झगडा जस्ता अपराधिक क्रियाकलाप पनि कमहुने दुनैबासीको भनाइ छ ।
त्यसैगरी त्यसैगरी दुनै खानेपानी सुधार र सदरमुकाम स्थित मुल बाटो ग्राबेलकालागि प्रदेश सरकारबाटै ८५ लाख रकम भित्रयाएको उनले जानकारी दिए ।
विपन्न वालको पढाइको जिम्मा
वडा अध्यक्ष भण्डारीले सरस्वती माध्यामिक विद्यालय दुनैमा अध्ययनरत एक विपन्न वालकको पढाइको जिम्मा समेत लिएकाछन् ।
आइतवार विद्यालयमै पुगेर उक्त वालकको एस.इ.इ सम्मको पढाइको सम्पुर्ण खर्चको जिम्मा लिएकाहुन् ।
कमजोर आर्थिक अवस्था भएका बेसाहारा बालकको पढाइ खर्च नभएरै बिचैमा नछुटोस भनेर उनको एस.इ.इ सम्मको पढाइको जिम्मा आफुले लिएको अध्यक्ष भण्डारीले बताए ।
अध्यक्ष भण्डारीले रुकुम घर भएका अक्षा आठ मा अध्ययनरत प्रकाश थापाको कापी,कलम विद्यालय पोशाख सहित एस.ई.ई पास हुँदासम्मको सम्पुर्ण खर्च व्यहोर्ने गरि जिम्मा लिएको विद्यालयका प्रधानाध्यापक सत्यनारायण सिँहले जानकारी दिए ।
थापा विपन्न बिद्यार्थी मात्र नभई सामान्य अपाङ्ग समेत भएकाले ठुलो सहयोग गरेको भन्दै धन्यवाद समेत दिए ।
त्यसैगरी अध्यक्ष भण्डारीले सोही वडाकै दुई जना दलित बालबालिकाको समेत पढाइको जिम्मा लिएकाछन् ।
स्थानीय तनसा कुलाल र जीवन विकलाई दुनै बोर्डिङ् स्कुलमा कार्यकाल भरी आफ्नो सेवा सुविधाबाटै पढाउने गरि जिम्मा लिएको उनले बताए ।