२०८० असोज ९ गते मङ्गलवार

डोल्पामा बाढीले पुल बगाएपछि आवत–जावत बन्द



रामचन्द्र न्यौपाने,
डोल्पा ९ साउन : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ अन्तर्गत पर्ने चुँ गाड खोलाको काठेपुल खोलाले बगाएको छ ।
दैनिक स्थानीयले प्रयोग गर्ने पुल खोलाले बगाएपछि मानिस तथा सवारी आवत जावत ठप्प भएको छ ।
खोलामा पुल नभएपछि नगरपालिको वडा नं ९,१० र ११ मा सर्वसाधारण नगरपालिको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवत जावत गर्न सकेका छैनन् ।
औषधि उपचार,बैंकिङ् सेवा,किनमेल, लगायतका कामकालागि ्र त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बुढाले जानकारी दिए ।
खोलामा पुल नबनेसम्म सर्वसाधारणहरु काम परे पनि सहज आवत जावत गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।
त्यसैगरी बाढीकै कारण जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने तल्लो चुँ गाडमा सवारीसाधन आवत जावत गर्नकालागि बनाइएको खोलाको तटवन्ध समेत भासिएको छ ।
मुख्य सडकमै पर्ने तटबन्ध भासिएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरु बाटोमै रोकिएकाछन ।
मालवाहक ट्रक,ट्याक्टर आउन नसकेपछि सदरमुकाम दुनै त्रिपुराकोट,जुफाल लगाएतका बजारहरुमा दैनिक उपभोग्य सामाग्री ढुवानीहुन सकेको छैन् ।
यथाशिघ्र पुल सञ्चालन नभए बजारमा दैनिक उपभोग्य सामाग्री समेत महंगिने स्थानीय व्यापारीको भनाई छ ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?