२०७९ मङ्सिर १० गते शनिवार

मुड्केचुलाका ८ सय ५० घरधुरीलाई निशुल्क सोलार वितरण !



रामचन्द्र न्यौपाने,
डोल्पा ८ साउन: डोल्पाको तल्लो क्षेत्रमा पर्ने मुड्केचुला गाउँपालिकाका स्थानीयलाई निशुल्क सोलार वितरण गरिएको छ ।
गाउँपालिकाका छ वटा वडाका ८ सय ५० घरधुरीलाई निशुल्क सोलार वितरण गरिएको हो ।
गाउँपालिकाका वडा नं १,२,३,७,८ र ९ का सर्वसाधारणलाई एकसय वाट क्षमताको सोलार निशुल्क रुपमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिनुभयो ।
विद्युतिय उर्जाको अभावमा लामोसमय देखि समस्या झेलिरहेका विपन्न नागरिकले सोलार पाएपछि खुशीले दंग भएको अध्यक्ष शाहीले बताउनुभयो ।
डोल्पा अहिलेसम्म पनि केन्द्रिय प्रशारण लाइनमा जोडिन सकेको छैन् ।

 

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार