
डाेल्पा १३ बैशाख
डाेल्पाकाे छार्काताङसाेङ गाउँपलिका वडा नम्वर ५ काे पिम्री गाउँमा एकजना स्थानियमाथि निर्घात कुटपिट भएकाे छ ।
साेमबार घेराङ गाउँबाट कागकाेटमा उम्मेदवारी दिन भनेर आएका स्थानीय धावा गुरूङमाथि पूर्व तथा हाल निर्विराेध चुनिएका वडा अध्यक्ष सोनाम साङवो गुरुङले युवाहरू लगाएर ढुंगाले निर्घात कुटपिट गरेकाे एक स्थानीयले बताए ।
अध्यक्ष गुरूङले बाटाेमा हिडिरहेकाे स्थानीयलाइ किन कुटपिट गरे भन्नेवारे खुलेकाे छैन ।तर,आफुँ विरूद्दकाे वडा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकाे भन्दै कुटपिट गरेकाे स्थानीयकाे आसंका छ ।
घाइते धावाले उम्मेदवारी दर्ता समेत गर्न पाएनन् । कुटपिटबाट घाइते स्थानीय धावाकाे टाउकाेमा गहिराे चाेट लागेकाे र उपचारसम्म नपाएकाे स्थानीयले जानकारि दिए । यसबारे प्रहरी प्रशासनसँग बुझ्दा अहिलेसम्म पनि बेखवर छ ।
घटना बारे प्रजिअ बेदनिधि अधिकारीसँग बुझ्दा कुनै जानकारी नभएको बताए ।