२०८० चैत्र १५ गते बिहिवार

स्वतन्त्र उम्मेद्वार प्रेम बाेहाेराले दिए ठुलिभेरी नगरकाे मेयरमा उम्मेद्वारी !



डाेल्पा ११ बैशाख,
स्वतन्त्र उम्मेदवार प्रेम बाेहाेराले ठुलिभेरी नगरपालिकाकाे मेयर पदमा उम्मेद्वारी दिएकाछन् ।
आइबार नेता कार्यकर्ता र शुभचिन्तक सहित निर्वाचन अधिकृतकाे कार्यालय दुनैमा पुगेर  युवा नेता  बाेहाेराले मेयर पदमा उम्मेदवारी दर्ता गराएकाहुन् ।
आफु अन्य पार्टीको टिकट लिएका उम्मेदवार भन्दा पृथक राजनीतिक एजेन्डा सहित चुनावमा हाेमिएकाे बताए ।
नगर समृद्धिकाे पाँच बर्षे खाका सहित चुनावमा हाेमिएकाे छु,आसा छ जनताले पार्टी विशेष नहेरेर हाम्रो भन्दा राम्रो उम्मेदवार छनाेट गर्नुहुनेछ,उनले भने ।नेता बाेहाेरा बर्षाैदेखि समाजसेवामा सक्रिय छन् । उनी प्रशिद्व काेग्ले पुस्तक लेखक समेत हुन् ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?