
डाेल्पा ११ बैशाख,
लिङ्गेन नेतृत्वको राष्ट्रिय प्रजातान्त्र पार्टीका केन्द्रीय सदस्य बिरमल कुमार भण्डारीले ठुलिभेरी नगरपालिकाकाे उप मेयर पदमा उम्मेद्वारी दिएकाछन् ।
आइबार पचासाै नेता कार्यकर्ता र शुभचिन्तक सहित निर्वाचन अधिकृतकाे कार्यालय दुनैमा पुगेर उपमेयर पदमा उम्मेदवारी दर्ता गराएकाहुन् ।
अघिल्लो निर्वाचनमा राप्रपा नेपालबाट भारी मत
ल्याएर निर्वाचित भएका भण्डारी कुशल एव जनप्रिय जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल पूरा गरेका थिए ।
नेता भन्डारी बलियाे जनमत भएकाे नेताकाे रुपमा परिचित छन् ।
अघिल्लो कार्यकमल कुशलतापुर्वक नेतृत्व गरेकै कारण यस पटक उपमेयरमा चुनाव लड्न जन दबाव आएकाले उम्मेदवारी दिएको नेता भण्डारी बताए ।
प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार