२०८० जेष्ठ १९ गते शुक्रवार

त्रिपुरासुन्दरीबाट उम्मेद्धार शिफारीष भएका नेता बिष्ट भन्छन् : पार्टीले मुल्याङ्कन नगरे विकल्प खोज्छु



डोल्पा ९ बैशाख
नेपाली काङ्ग्रेस डोल्पाले दुई नगरपालिकाका उम्मेद्धार शिफारीस टुंग्याएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकाकालागि उम्मेद्धार शिफारीस टुंग्याएको हो ।
ठुलिभेरी नगरपालिकाबाट हिक्मत शाही र सुवर्ण बुढाको नाम शिफारीस गरिएको छ भने त्रिपुरासुन्दरी नगरपालिकाबाट दिलबहादुर बिष्ट,चन्द्रलाल धराला,भैरबहादुर शाही र प्रेम पहाडिको नाम शिफारीस गरिएको हो ।
ठुलिभेरीबाट उम्मेद्धार शिफारीस भएका शाही जिल्ला पार्टी सचिव पनि हुन् ।
जिल्लाका आठ स्थानीय तह मध्ये दुईवटा नगरका उम्मेद्धारको नाम प्रदेशमा शिफारीस गरिएको र बाँकी छ वटा गाउँपालिकाको बेलुकिसम्म टुंगो लगाउने पार्टी सचिव हिक्मत शाहीले जानकारी दिए ।
त्रिपुरासुन्दरीको टिकट नव प्रवेश चन्द्रलाल धरालाले पाउने प्रवल सम्भावना रहेको आँकलन गरिएको छ ।
तर,संस्थापक काँङ्ग्रेसबाट उम्मेद्धार शिफारीस भएका दिलबहादुर बिष्टले पनि कुै पनि हालतमा आफुले पाउनु पर्ने दाबी गरेकाछन् ।
त्रिपुरासुन्दरीमा बलियो जनमत भएका बिष्टले आफुले टिकट नपाए स्वतन्त्र भएपनि उम्मेद्धारी दिएरै छाड्ने बताएका छन् ।
“मेरो अन्तिम पटक हो,अघिल्लो पटकको चुनावमा झिनो भन्दा झिनो मतान्तरले पराजित भए,यो पटक चुनाव लड्न जनताको उच्च दबाव छ जसरी पनि चुनाव लड्छु,जनलहर हेर्दा बिजय पनि सुनिश्चितनै छ”बिष्टले भने ।
“विगत २९ बर्ष देखि राजनितिमा सक्रिय भुमिका खेल्दै आएको छु,विस २०५२ सालमा पार्टी सभापति पनि भएको मान्छे हुँ,पार्टीले सहि मुल्याङ् गरोस,टिकट मैले पाउनुपर्छ ।”
“अन्य पार्टीबाट टिकट लिएर लड्न धेरै पार्टीले अफर पनि गरेकाछन्,अहिलेसम्म आफ्नै पार्टीको टिकटको आसामा छु,अन्तिममा पार्टीले धोका दियो भने विकल्प सोच्छु”उनले थपे ।
प्रत्येक दिन सयौँ कार्यकर्ता शुभ चिन्तकहरुले प्रत्यक्ष्य भेटेर फोनबाट उम्मेद्धार उठ्न दबाव दिने गरेको उनले बताए ।
नेता बिष्ट काङ्ग्रेसमा बलियो जनमत भएका प्रभावशाली नेताको रुपमा परिचितछन् ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?