२०८० मङ्सिर १३ गते बुधवार

हुलका हुल युवा छिरेपछि उपल्लो डोल्पालीले मागे सुरक्षा !



रामचन्द्र न्यौपाने
डोल्पा ६ बैशाख,उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाका स्थानीयले सुरक्षाकर्मी माग गरेकाछन् ।
आसन्न स्थानीय निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेनाको थप एक एक वटा पोष्ट राख्न माग गरेकाहुन् ।
विगतका निर्वाचनमा यहाँका तल्लो डोल्पाबाट जाने विभिन्न राजनितिक दल सम्बद्ध युवाहरुको आफु अनुकुलका व्यक्ति र पार्टीलाई भोट हाल्न दबाव दिएका कारण नागरिकले पुर्ण रुपमा मताधिकार प्रयोग गर्न नपाएको भन्दै यस पटकको स्थानीय निर्वाचनमा जनताले पुर्ण रुपमा मताधिकारको ग्यारेन्टी हुनुपर्ने उनिहरुको माग छ ।
स्थानीयको भेलाबाट निर्णयनै गरेरै दरखास्त दिने दिनबाट चुनाव सम्पन्न नहुञ्जेलसम्म थप सुरक्षा पोष्ट माग गरेकाहुन् ।
भेलाबाट निर्वाचन अवधिभर धो का कुनै होटेल र घरपरिवारमा बाहिरका मान्छेलाई खाने बस्ने व्यवस्था नहुने समेत निर्णय पारित गरिएको धो का स्थानीय ग्याल्वो थापा भोटेले बताए ।
“पचास साठी जनाको सङ्ख्यामा काईके गाउँपालिकाबाट युवाहरु प्रवेश गरेकाछन्,स्थानीयमा एक किसिमको त्रास छाएको छ”उनले भने ।
“एकिकृत समाजवादीका नेता धनबहादुर बुढाको राजनितिक कार्यक्रम हो भने हुलका हुल युवाहरु ल्याउन आवश्यक थिएन,आफ्ना कार्यकर्ता भए यहाँकै प्रयोग गर्न सकिन्थ्यो,यो चाहि विभिन्न माध्यामबाट मतदातालाई प्रभाव पार्ने खेलको रुपमा बुझेका छौँ ।”
“विगतमा जे जस्तो भएपनि यस पटक नागरिकले स्वतन्त्र रुपमा मतदान गर्न पाउने ग्यारेन्टी राज्यले गर्नुपर्छ”उनले थपे ।
निर्वाचनलाई निष्पक्ष धाधँलीरहित बनाउने बिषयमा आज पनि गाउँलेहरुको बृहत भेला रहेको उनले बताए ।
एकाएक हुलका हुल युवा उपल्लो डोल्पा पुगेको बिषयमा जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक निरञ्जन थापासँग बुझ्दा नेता धनबहादुर बुढाको कार्यक्रम रहेकाले गएको बताए ।
“हामि शान्ति सुरक्षा कायम गर्न कटिवद्ध छौँ,विगतमा जे जस्तो भएपनि अहिले कुनै हुलदंगा हुन दिने छैनौँ,हिँउदमा झरेका प्रहरी पोष्टहरुमा सुरक्षाकर्मी पठाइरहेका छौँ,नपुगे थप गर्छौ”उनले भने ।
जुनसुकै पार्टीले राजनितिक कार्यक्रम गर्न पाउने भएपनि निर्वाचन आचारसंहिता विपरितका कार्यक्रम गर्नेलाई कारवाही गरिने बताए ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?