२०८० मङ्सिर १३ गते बुधवार

ठुलिभेरी नपाकाे तिप्लामा फाेर जी टावर शिलान्यास !



डाेल्पा ४ वैशाख,
डाेल्पाकाे ठुलिभेरी नगरपालिका वडा नं ४ तिप्लामा माेवाइल टावर शिलान्यास गरिएको छ ।
आइतबार जनप्रतिनिधि तथा स्थानीयबासीकाे उपस्थितिमा थला डाँडामा माेवाइल टावर शिलान्यास गरिएको स्थानीय युवा बिर्खबहादुर राेकायले जानकारी दिए ।
बर्षाै देखि सञ्चारबिहिन यस वडामा टावर बन्ने भएपछि स्थानीय खुशी भएकाछन् ।
वडा अध्यक्ष जिबराम बुढा र प्रदेश सभा सदस्य वीर बहादुर शाहिकाे विशेष पहलमा टावर पार्न सफल भएको राेकायले बताए ।
टावर बनेपछि नागरिकले फाेन सुविधासँगै उच्च गुणस्तरकाे इन्टरनेट सेवा प्राप्त गर्ने बताइएको छ ।
नेपाल टेलिकमले टावर निर्माण गर्न लागेकाे हाे ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?