२०८१ बैशाख ८ गते शनिवार

डोल्पाका दुई पालिकामा फोर जी सेवा सुरु



रामचन्द्र न्यौपाने/डोल्पा ३ चैत्र,हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा नेपाल टेलिकमको फोर जी सेवा सुरु भएको छ ।
तल्लो डोल्पाका मुड्केचुला र जगदुल्ला गाउँपालिकामा फोर जी इन्टरनेट सेवा सुरु भएको हो ।
दुई बर्ष अघिसम्म राम्रोसँग टेलिफोन सेवाले काम नगर्दा सास्ती खेप्दै आएका मुड्केचुलाका स्थानीयले अब भरपर्दो फोनसेवा सँगै फोर जी इन्टरनेटको पनि मज्जा लिन थालेकाछन् ।
फोन गर्नकैलागि अग्ला डाँडाकाँडा र रुख चढ्नु पर्ने मुड्केचुलामा स्थानीय सरकार,जनप्रतिनिधि र युवा समाजसेवीहरुको संयुक्त प्रयासबाट नेपाल टेलिकमले फोर जी सेवा विस्तार गरेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए ।
त्यसैगरी जगदुल्ला गाउँपालिकामा पनि फोर जी सेवा विस्तार भएको छ ।
विकट गाउँबस्तीमै गुणस्तरीय इन्टरनेटको पहुँच भएपछि स्थानीयहरु खुशीले दंग भएको गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायले जानकारी दिए ।
सबैको सामुहिक प्रयासबाट फोर जी सेवा जोड्न सफल भएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?