२०७९ असोज १५ गते शनिवार

मुड्केचुलामा माओवादीकाे जनलहर,प्रवेश गर्नेकाे लर्काे



डाेल्पा २३ चैत्र,
डाेल्पाकाे मुड्केचुला गाउँपालिकामा माओवादी केन्द्रमा प्रवेश गर्नेकाे लर्काे लागेको छ ।
गाउँपालिकाकाे वडा नं ८ ओक्टमा आयाेजित कार्यक्रममा काङ्ग्रेस र एमालेबाट ५६ जनाले पार्टी प्रवेश गरेकाहुन् ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य रुपा राेकाय र नेकपा एमाले वडा कमिटी सदस्य रुपा राेकाय सहित ५६ जनाले माओवादी केन्द्रमा प्रवेश गरेकाहुन् ।
त्यसैगरी हाेर्त गाउँमा नेकपा एमालेबाट २५ जनाले माओवादी केन्द्रमा प्रवेश गरेकाछन् ।
प्रवेश गर्ने सबैलाई प्रदेश सभा सदस्य बिरबहादुर शाहीले स्वागत गरेकाहुन् ।
स्थानीय निर्वाचन नजिकिँदै गर्दा डाेल्पामा माओवादीमा प्रवेश गर्नेकाे लहर चलेकाे उनले सांसद शाहीले बताए ।
यसैपनि माओवादीकाे बलियाे पकड रहेकाे मुड्केचुलामा पुरै माओवादीमय भएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार