
डाेल्पा २२ चैत्र
डाेल्पाकाे मुड्केचुला गाउँपालिकामा माओवादी केन्द्रमा प्रवेश गर्नेकाे लर्काे लागेको छ ।
गाउँपालिकाकाे वडा नं ८ ओक्टमा आयाेजित कार्यक्रममा काङ्ग्रेस र एमालेबाट ३४ जनाले पार्टी प्रवेश गरेकाहुन् ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य रुपा राेकाय र नेकपा एमाले वडा कमिटी सदस्य रुपा राेकाय सहित ३४ जनाले माओवादी केन्द्रमा प्रवेश गरेकाे प्रदेश सभा सदस्य बिरबहादुर शाहीले बताए ।
स्थानीय निर्वाचन नजिकिँदै गर्दा डाेल्पामा माओवादीमा प्रवेश गर्नेकाे लहर चलेकाे उनले बताए ।
अाज नर्कुमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार