२०८० असोज ९ गते मङ्गलवार

डाेल्पामा एकैपटक दुई टावर निर्माण सुरु !



डाेल्पा १४ चैत्र : हिमाली जिल्ला डाेल्पामा एकैपटक दुई वटा टावरकाे निर्माणकार्य शुरु गरिएको छ ।
जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने वडा नं १ काे कालाजुर र १० काे दापुमा इन्टरनेट सेवा सहितकाे नमस्तेकाे टावर निर्माण सुरु गरिएको हाे ।
भरपर्दो टेलिफोन सुविधा नहुँदा बर्षाैदेखि सास्ती खेप्दै आएका नगरबासीकालागि एकैपटक दुई टावर ठड्याउन लागिएको हाे ।
कर्णाली प्रदेश सभा सदस्य बिरबहादुर शाहीकाे पहलमा टावर टावर निर्माण गर्न लागिएको स्थानीय युवा देबीसर बुढाले बताए ।
नागरिककाे सञ्चार असुविधालाई मध्येनजर राखेर टावर ल्याउन लागि आफुले विशेष पहल गरेकाे सांसद शाहीले बताए ।
टावर निर्माणस्थलकाे अवलाेकन सँगै नागरिकसँग छलफल गर्दै शाहीले अब छिट्टै नागरिकले घर आँगनबाटै फाेन सेवा लिन पाउने सांसद शाहीले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?